मेलबर्न। अष्ट्रेलियाको अन्तर्राष्ट्रिय बोर्डर खुलेसंगै नेपालबाट आउने विद्यार्थीहरुको संख्या बढिरहेको छ। नयाँ विद्यार्थीहरुले अष्ट्रेलिया आउँदै गर्दा कस्ता-कस्ता कुरामा ध्यान पुर्याउनुपर्छ भन्ने विषयमा हामीले डाँफे कन्सल्टिङ्ग मेलबर्नका डाइरेक्टर सन्तोष कर्णसंग कुराकानी गरेका छौं।
सन्तोष कर्ण,
डाइरेक्टर, डाँफे कन्सल्टिङ्ग
दर्ता नम्बर: १७९११६२
पहिलेभन्दा भिसा लाग्ने सम्भावना बढी छ भन्ने सोंचले प्रोसेसिङ्गमा लापरवाही नगर्नुस्। विद्यार्थी भिसाका लागि सहज बनाएको छ, तर संगसंगै उनीहरु सजग पनि छन्।
एसओपीमा ध्यान दिनुस्। आफ्नो एसओपीमा के लेखिएको छ भन्ने कुरामा प्रष्ट हुनुभयो भने तपाईंलाई सम्भावित अन्तर्वार्ता, सोधखोजमा कतै पनि अड्किनु पर्दैन।
आफूले पेश गरेका सबै प्रमाणपत्रमा विश्वस्त हुनुहुन्छ कि हुनुहुन्न, रुजु गर्नुस्। प्रमाणपत्रमा झुट विवरणको शंका भएमा अष्ट्रेलियाको एयरपोर्टमा ओर्लिसकेपछि पनि भिसा रद्द हुन्छ। र, त्यस्तो अवस्थामा फेरी भिसा लाग्न पनि गाह्रो पर्छ।
महामारी पछिको समय भएकोले यहाँको बजारमा जनशक्तिको अभाव छ। कुन क्षेत्रमा, कुन सिपमा जनशक्तिको अभाव छ भन्ने बुझेर, त्यो सिप सिकेर आउनुभयो भने काम पाउन सजिलो हुनेछ।
अहिले कोभिड पछिको समय भएकोले आफू अष्ट्रेलियाको कुन ठाउँमा आउँदै हुनुहुन्छ, त्यहाँको क्वारेण्टिन सम्बन्धी नियम अहिले के छ भन्ने कुरामा प्रष्ट हुनुहोस्।
कन्सल्टेन्सी मात्र नभएर अष्ट्रेलिया आएका आफ्ना साथी, आफन्त मार्फत यहाँको बारेमा धेरैभन्दा धेरै जानकारी र सही जानकारी लिने प्रयास गर्नुहोस्।
अष्ट्रेलियामा एयरपोर्टका नियम के-के छन्, यहाँ ओर्लीसकेपछि एयरपोर्टमा के-के गर्नुपर्छ, आफूलाई को लिन आउँदैछ भन्ने कुरा निश्चित गर्नुहोस्।
सानो तर महत्त्वपूर्ण कुरा, कहिलेकाहीं मोबाइल अफ हुने, ब्याट्रीको चार्ज सकिने हुनसक्छ। त्यसैले आवश्यक सम्पर्क नम्बरहरु डायरीमा टिपेर आफूसंगै राख्नुस्।
अष्ट्रेलियामा पढ्न भनेर एक्लै आउँदै गरेको व्यक्ति स्मार्ट हुनुहुन्छ। त्यसैले तपाईंले यति सोंच्न सक्नुपर्छ कि, नि:शुल्क दिइएको कुनै पनि सेवा या वस्तुको पछाडी कुनै स्वार्थ लुकेको हुन्छ। दर्ता भएका सामुदायिक संस्था बाहेकले प्रदान गर्ने नि:शुल्क वस्तु या सेवामा तुरुन्त विश्वास नगर्नुस्।
(अष्ट्रेलिया भिसा तथा करियर सम्बन्धि जिज्ञासा भएमा यहाँ क्लिक गरी जिज्ञासा राख्न सक्नुहुनेछ। माथि उल्लेखित जानकारीहरु सामान्य जानकारीहरु हुन्, सबै केसमा यी जानकारी उपयोगी नहुन सक्छन्। त्यसैले, रजिस्टर्ड परामर्शदातासंग सरसल्लाह लिन अनुरोध गर्दछौं। यदि डाँफे कन्सल्टिङ्गमा सम्पर्क गर्न चाहनुहुन्छ भने डाँफे कन्सल्टिंगका कार्यालयहरु नेपालमा चितवन र काठमाडौंमा तथा अष्ट्रेलियामा मेलबर्न र सिड्नीमा रहेका छन्। )