मेलबर्न । अस्ट्रेलियामा करदाताहरूले घरबाट काम ‘वर्क फ्रम होम’ गर्दा हुने खर्चहरूलाई आफ्नो ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सक्ने भएका छन् ।
अस्ट्रेलियाली कर कार्यालय (एटीओ)ले तर, मार्च १ देखि निश्चित दरको विधिमा केही परिमार्जन गरेको हो । योसँगै कर्मचारीहरूले आफ्ना सबै अतिरिक्त खर्चहरूको रेकर्ड राखेको हुनु पर्ने कर कार्यालयले जनाएको छ ।
तर कफी, चिया, घरका सामाग्री, बालबाच्चाको आइप्याड, टेबल, अनलाइन शिक्षाको सब्सकृप्सन र रोजगारदाताहरूले प्रदान गरेका सामाग्रीहरूको खर्च भने दाबीमा समावेश गर्न पाईँदैन।
मार्च १ देखि लागू भएको व्यवस्था अनुसार निश्चित दर प्रणालीमा गरिएको बद्लाव अनुसार अबदेखि करदाताहरूले घरबाट काम गरेको प्रति घण्टाको लागि ६७ सेन्ट दाबी गर्न पाउने छन् । पहिले यो रकम ५२ सेन्ट थियो ।
यस नयाँ नियम अनुसार कर्मचारीहरूले घरबाट काम गर्दा घर भित्र छुट्टै अफिस स्थान बनाउनु नपर्ने अकाउन्टेन्ट नयन पटेलले जानकारी गराएका छन् । “यस ६७ सेन्टको नयाँ दरले बिजुली, ग्यास, फोन, इन्टरनेट, स्टेसनरी र कम्प्युटर सम्बन्धी सामानका अतिरिक्त खर्चहरू समेट्छन्,“ पटेलले बताए । उनका अनुसार करदाताहरूले नयाँ परिवर्तन अनुरुपको रकम दाबी आर्थिक वर्ष २०२२–२३ को ट्याक्स रिटर्नमा दाबी गर्न पाउने छन् ।
एटीओले मानिसहरूले कति घरबाट काम गरेको भनी देखाउन अनुमान, चार–हप्ते डायरी या त्यस्ता कागजात देखाएर नहुने बताएको छ ।
मार्च १ देखि लागु भएको यो नियामानुसार कर्मचारीहरूले आफू घरबाट कति घण्टा काम गरेको भनी टाइमशीट, रोस्टर, टाइम लग आदिमा या पूरा वर्षको समय देखाउने डायरीमा ती विवरण प्रस्तुत गर्नु पर्ने हुन्छ ।
सन् २०२२–२३ को ट्याक्स रिटर्नका लागि यस आर्थिक वर्षको विवरण नराखेका कर्मचारीहरूको केही योजना तयार पारिने लोले बताए ।
बिजुली या ग्याँस (ऊर्जा खर्च), इन्टरनेट, डाटा, मोबाइल फोन र घरको फोन, स्टेसनरी र कार्यालय प्रयोजनका लागि प्रयोग हुने अन्य सामाग्रीहरू वर्क फ्रम होमका बेलाका भएका खर्चहरू भनेर क्लेम गर्न मिल्ने पनि उनको भनाई छ ।
“दाबी गर्न मिल्ने अरू खर्चमा चाहिँ काम गर्दा प्रयोग हुने मेच, टेबल, कम्प्युटर, ल्यापटप, सफ्टवेयर आदिको मूल्यह्रास हुनु र तिनको मर्मत खर्च पनि पर्दछन्,“ एटीओले एसबीएसलाई बताएको छ।
एसविएस अनलाइनमा प्रकाशित समाचार अनुसार करदाताहरूले घरबाट काम गर्दाका खर्च दाबी गर्नु अघि, आफू त्यसको लागि योग्य छु कि छैन भनेर बुझ्न भने जरुरी छ ।
एटीओका सहायक आयुक्त टिम लोले पनि घरबाट काम गरेको भनेर केही दाबी गर्दा केही विशेष प्रकियाहरू पुरा गरिएको हुनुपर्ने बताए ।