मेलबर्न। नेपालको अर्थतन्त्रमा रेमिट मूख्य स्रोतहरुमध्ये पर्दछ। नेपालीहरुको संख्या वृद्धिसंगै अष्ट्रेलियामा पनि रेमिट कम्पनीहरुको संख्या बढिरहेको छ। तर, नेपालमा पैसा पठाउन गैरकानुनी मानिएको हुण्डी प्रयोग तथा त्यसले निम्त्याएका घटना पनि बाहिर आइरहेका छन् नै। यसैबीच आज हामीले पेरु रेमिट (Payरु Remit) का सीईओ विजय दाहालसंग विशेष कुराकानी गरेका छौं।
पेरुको अवधारणा कसरी जन्मियो ?
पहिलो त हाम्रो आफ्नै अभुवले हो। नेपालमा पैसा पठाउँदा कतै ढिलासुस्ती, कतै कस्टमर केयर राम्रो नहुने, कतै असुरक्षा लगायत समस्याहरु हामीले पनि अनुभव गरेका थियौं। पठाएको रकममा कहिले पचास रुपैयाँ, कहिले सय रुपैयाँ कम हुनेगर्थ्यो। किन कम भयो भनेर सोध्दा, स्थानिय रेमिटको शुल्क काटिएको भन्ने जवाफ आउँथ्यो। र, संगै नेपालमा इसेवा प्रयोगकर्ताहरुको संख्या बढ्यो, इसेवा वालेटको लोकप्रियता बढ्यो। यसले नेपालीलाई डिजिटल वालेटको बानी बसालिदियो। यो डिजिटल वालेटलाई नेपाल र अष्ट्रेलियाको नेपाली समुदायबीच किन नजोड्ने, भन्ने सोंच आयो। यी सबैकुराहरुले पेरुको अवधारणा जन्माउन भूमिका खेलेका छन्। यसको नाममा नेपालीपनको झल्को दिउँ भन्ने हिसाबले Payरु नाम रहन गयो। हाम्रो प्राविधिक काम २०२० बाट नै सुरु भएको थियो। २०२१ बाट हामीले मोबाइल एप ल्याएका हौँ।
अष्ट्रेलियामा नेपाली रेमिटहरुको भींड छ, यो भींडमा पेरुको अवधारणा आवश्यकता नै हो त?
पेरु वैधानिक रेमिट हो। यो नेपालमा राष्ट्र बैंकबाट इजाजत प्राप्त रेमिट हो र अष्ट्रेलियामा पनि दर्ता छ। अष्ट्रेलियामा वैधानिक रेमिट धेरै कम छन्। कतिले त हामीलाई पनि हुण्डी सम्झिनुहुन्छ। नेपालमा र अष्ट्रेलियामा दुवैतिर दर्ता भएकोले पैसा पठाउँदा सेवाग्राहीलाई सुरक्षाको कुनै चिन्ता लिनुपर्ने हुँदैन। र, ढिलोमा पाँच मिनेटमा नेपालमा पैसा पुगिसक्छ। अर्को कुरा, हामी अटोमेटेड छौं। सेवाग्राहीले भर्नुभएको फारम हुबहु रहन्छ। त्यसमा हाम्रो तर्फबाट फेरबदल हुन सक्दैन। उहाँहरुले पठाउनुभएकोमा १ पैसा पनि घटीबढी नभई नेपाल पुग्छ। हामी दिनको २४ घण्टा नै सेवामा हुन्छौं। राती अपर्झट पैसा पठाउनुपर्यो भने पनि हाम्रो सेवा खुल्ला हुन्छ। हामी मार्फत पठाएको पैसाले नेपालमा कानुनी रुपमा सम्पत्ति खरिद, सेयर मार्केटमा लगानी, ऋण लिन लागायत काममा आयस्रोतको रुपमा देखाउन सकिन्छ। अहिले त नेपाल सरकारले रेमिट्यान्सलाई प्रबर्द्धन गर्नका लागि विभिन्न सुविधा समेत दिइरहेको छ। ती सुविधा उपयोग गर्न सकिन्छ।
हजुरले पनि उल्लेख गर्नुभयो, हुण्डी बाहेकका वैधानिक माध्यम अरु पनि छन्। पेरु कसरी अलग भयो त ?
हो, केही वैधानिक रेमिटहरु छन्। हामी आफ्नै एपबाट अटोमेटेड रुपमा काम गर्छौं। इसेवा वालेटमा यहाँबाट पैसा डाइरेक्ट ट्रान्सफर गर्न सकिन्छ। नेपालमा १ हजारभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट डाइरेक्ट भुक्तानी लिन सकिन्छ। पेरु सुरु गर्दा अष्ट्रेलिया र नेपालमा कोभिड-१९ महामारी चरम अवस्थामा थियो। त्यतिबेला हामीले हाम्रा सेवाग्राहिलाई करिब ६ महिनासम्म नि:शुल्क सेवा प्रदान गरेका थियौं। अर्को कुरा, हामी नेपालको माटो सुहाउँदो सेवा दिन्छौं। अन्य रेमिटले बैंकको नाम मात्र दिनुहुन्छ, तर हामी पैसा बुझ्ने व्यक्तिको ठेगाना अनुसार, उहाँलाई पायक पर्ने बैंक तथा वित्तिय संस्था कहाँ छ भन्ने ठाउँ समेत बताइदिन्छौं। हामीले दिने रेट र ठूला रेमिटले दिने रेटमा ५० पैसा देखी १। ३० रुपैयाँसम्म फरक हुन्छ। त्यसैगरी, कस्टमर केयरमा हामी सधै प्रतिबद्ध छौं। सेवाग्राहीले आफ्नो समस्या राख्नुभएको ४ मिनेटमै हामी समाधान गरिदिन्छौं। र, समस्या म्यासेज, इमेल, फोनकल, कुनैपनि माध्यमबाट राख्न सक्नुहुन्छ। अहिले हामीले इसेवामा ७७ रुपैयाँ टपअप योजना समेत ल्याएका छौं भने चाडपर्वमा पनि विशेष अफर ल्याइरहेका हुन्छौं।
एपबाट सेवा लिइरहने कुरा गर्दा, रेट मात्र नभएर सहज माध्यमको रुपमा पनि हुण्डी प्रयोग भइरहेको हो कि?
हामी डिजिटल युगमा छौं, विकसित देशमा आएर यहाँका डिजिटल विकासहरु हेर्न पाएका छौं। मोबाइलमा थरिथरिका एप डाउनलोड गरेका हुन्छौं। यस्तो अवस्थामा आफ्नो पैसाको पनि सुरक्षा हुने हिसाबले, वैधानिक रुपमा एपबाट सेवा लिन कसरी झन्झटिलो हुन सक्छ ? हुण्डी हाम्रा लागि सजिलो होइन, बानी बनेको हो। यो बानीलाई सुधार्नु जरुरी छ। हुण्डी सम्बन्धि कैयौं घटना बाहिरिरहेका छन्। तर अझैपनि हामी सचेत भएका छैनौं। घटना बाहिर आउँदा दु:ख मनाउ गरेर परिवर्तन हुने होइन, परिवर्तन आफ्नो बानीमा गर्ने हो। युवाहरु भने केही सचेत भएको पाइरहेका छौं, युवाहरुले अहिले वैधानिक माध्यमबाट नै पैसा पठाउने गरेका छन्।
डिजिटल युगको कुरा गरिरहँदा, पेरुबाट पैसा पठाउँदा फारम भरिरहनुपर्ने पनि त झन्झटिलो होला !
विवरण त जुनसुकै सेवा लिंदा पनि पेस गर्नुपर्छ नै। तर यो झन्झट कम होस् भन्ने उद्देश्यले हामीले छिट्टै अटोमेटेड केवाईसी सेवा पनि दिंदैछौं। अहिले चाहिं एपमा आफ्नो आइडी हालेर, फारम भरिसकेपछि पैसा पठाउन सकिन्छ। पहिलो पटक पठाउँदा नि:शुल्क पठाउन पाइन्छ। त्यसैले हाम्रो एप डाउनलोड गरेर परिक्षणकै लागि भएपनि एकपटक प्रयोग गरेर हेर्न सक्नुहुन्छ।
पेरुले नेपालका कुन-कुन बैंक तथा वित्तीय संस्थासंग सहकार्य गरिरहेको छ ?
हामी नेपालराष्ट्र बैंकबाट इजाजत प्राप्त छौं र इसेवासंग सहकार्य गरेका छौं। इसेवाले नेपालका ३४ सय भन्दा बढी बैंक तथा वित्तिय संस्था, विभिन्न ठाउँमा क्यास कलेक्सन काउन्टरको माध्यमबाट सेवा दिइरहेको छ र हामी पनि यसमा जोडिएका छौं।
अन्त्यमा, केही भन्न चाहनुहुन्छ कि?
मलाई एकदम दु:ख लाग्छ कि, अष्ट्रेलिया जस्तो विकसित, डिजिटल प्रविधियुक्त, नियम कानुनमा रहेको देशमा पनि हामीले 'हामी हुण्डी होइनौं ' भन्दै बताइरहनु परेको छ। हुण्डी र हामीमा आकाश-जमिनको फरक छ। नेपाल र अष्ट्रेलिया दुवैतिरको कानुनले हामी बाँधिएका छौं। हाम्रोतर्फबाट दुवै देशको कुनै पनि गैरकानुनी क्रियाकलाप हुँदैन। हामीले पठाउने पैसाको सबै रेकर्ड रहन्छ। गैरकानुनी क्रियाकलापलाई हतोत्साही गर्नु, रोक्नु हामी सबैको कर्तव्य हो। वुद्धिजीवि मानिएकाहरुले हुण्डी प्रयोग गरिरहेको, संचालन समेत गरिरहेको उदाहरण प्रशस्त छन्। हामी सबैले देश बनेन भन्ने गुनासो मात्र गर्छौं, तर अवैधानिक कुराहरुलाई हामीले नै प्रश्रय दिइरहन्छौं भने देश कहिले बन्छ, कसरी बन्छ? नेपालमा देखिन थालेको आर्थिक संकटको जिम्मेवार हाम्रा यस्तै क्रियाकलाप पनि होइनन् र? रेमिट मात्र नभई, हरेक क्षेत्रमा हामी यो कुरामा सचेत बन्नु जरुरी छ।