मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आइतबार, २७ मार्चमा फुटसल टुर्नामेन्ट हुँदैछ। एनआरएनए भिक्टोरियाको आयोजना तथा डाँफे कन्सल्टिङ्गको मूख्य प्रायोजनमा बृहत फुटसल टुर्नामेन्ट हुनेभएको हो। एनआरएनए भिक्टोरिया फुटसल टुर्नामेन्टको यो दोस्रो सिजन हो।
दोस्रो एनआरएन भिक्टोरिया फुटसल टुर्नामेन्टमा उपाधिका लागि २४ टिमले प्रतिस्पर्धा गर्दैछन्। सैनीक टीम, चन्द्रसूर्य फुटबल क्लव, युनाईटेड फुटवल क्लव ए र बी, क्रेगीवन ब्रिगेड सकर क्लव ए र बी, गुल्मी टाइगर्स ए र बी, बेन्डीगो नेप्लिज फुटवल क्लव, हिमालयन फुटवल क्लव ए, बी र सी, हिमालयन टाइगर ए र बी, यती फुटबल क्लव ए, बी, सी र डी, रोयल वेस्टर्न क्लव ए र बी, रोयल फुटवल क्लव ए र बी र जीपी फुटवल टिम प्रतिस्पर्धामा उत्रिनेछन्।
आरएमआईटि सेन्टरमा हुने यो टुर्नामेन्टमा सहभागी सबै टिमलाई ८ ग्रुपमा विभाजन गरिएको छ। हरेक ग्रुपमा तीन टिम रहेका छन्। आइतबार बिहान ८ बजेदेखि टुर्नामेन्ट सुरु हुनेछ। कोर्ट एक, दुई र तीन गरी तीन कोर्टमा एकैसाथ खेल सुरु हुनेछन्। लिग पश्चात आएको नतिजाको आधारमा क्वाटर फाइनल, सेमी फाइनल र फाइनल खेल हुनेछन्।
लिग खेलको कोर्ट एकमा पहिलो खेल हिमालयन ब्लु र सारथी यति फुटबल क्लब, दोस्रो खेल हिमालयन रेड र ब्लुबेरी यति फुटबल क्लब, तेस्रो खेल हिमालयन व्हाइट र कंडेल कन्सल्टेन्सी यती फुटबल क्लब, चौथो खेल सारथी यती र द हिमालयन टाइगर्स बी, पाँचौं खेल कंडेल कन्सल्टेन्सी यती र गुल्मी टाइगर्स ए, छैठौं खेल ब्लुबेरी यती र हिमालयन टाइगर्स ए, सातौँ खेल हिमालयन ब्लु र हिमालयन टाइगर्स बी तथा आठौँ खेल हिमालयन रेड र हिमालयन टाइगर्स एबीच हुनेछ।
त्यसैगरी, कोर्ट दुईमा पहिलो खेल क्रेगीवन ब्रिगेड बी र काठमाण्डू कटेज यती फुटबल क्लब, दोस्रो खेल क्रेगीवन ब्रिगेड ए र युनाइटेड फुटबल क्लब बी, तेस्रो खेल रोयल वेस्टर्न सी र युनाइटेड फुटबल क्लब ए, चौथो खेल काठमाण्डू कटेज यती र गुल्मी टाइगर्स बी, पाँचौं खेल युनाइटेड फुटबल क्लब बी र घर परिवार फुटबल क्लब, छैठौं खेल युनाइटेड फुटबल क्लब र चन्द्र सूर्य फुटबल क्लब, सातौँ खेल क्रेगीवन ब्रिगेड बी र गुल्मी टाइगर्स बी तथा आठौँ खेल क्रेगीवन ब्रिगेड ए र घर परिवार फुटबल क्लबबीच हुनेछ।
कोर्ट तीनमा पहिलो खेल रोयल वेस्टर्न ए र रोयल फुटबल क्लब बी, दोस्रो खेल रोयल वेस्टर्न बी र रोयल फुटबल क्लब ए, तेस्रो खेल रोयल फुटबल क्लब बी र सैनिक स्पोर्ट्स फुटबल क्लब, चौथो खेल रोयल फुटबल क्लब ए र बेण्डिगो नेपलीज फुटबल क्लब, पाँचौं खेल रोयल वेस्टर्न ए र सैनिक स्पोर्ट्स फुटबल क्लब, छैठौं खेल रोयल वेस्टर्न बी र बेण्डिगो नेपलीज, सातौँ खेल हिमालयन व्हाइट र गुल्मी टाइगर्स ए, आठौँ खेल रोयल वेस्टर्न फुटबल क्लब र चन्द्र सूर्य फुटबल क्लबबीच हुनेछ।
यसपटक टुर्नामेन्टमा महिलाहरुका लागि 'आऊ र प्रयास गर' (कम एण्ड ट्राई) सेसन रहनेछ। समुदायमा भइरहेका फुटबल तथा क्रिकेट टुर्नामेन्टमा महिला सहभागिता तथा महिला टिमको प्रतियोगिता न्यून देखिएकोले महिलाहरुलाई खेलमा प्रोत्साहन गर्न कम एण्ड ट्राई सेसन राखिएको टुर्नामेन्ट संयोजक विजय दाहाल बताउनुहुन्छ। सरलरेखासंगको कुराकानीमा उहाँले यसपटकको टुर्नामेन्टमा गरिएको यो प्रयासले आउँदा दिनमा महिलाहरुलाई प्रतियोगितामा सहभागी हुने अवसर बन्दै जाने विश्वास व्यक्त गर्नुभयो।