काठमाडौं । भनिन्छ, स्वास्थ्य नै धन हो । त्यसैले हिजो आज आफ्नो स्वास्थ्यप्रति धेरैजना निकै सचेत रहने गरेको छ । स्वस्थ्य रहन विभिन्न उपायहरु अपनाउने गरेका छन् । तर हामीले हाम्रो सामान्य दैनिकीलाई रुटिनवद्द गर्न सके मात्र पनि हामी स्वस्थ्य रहन सक्ने विज्ञहरु बताउछन् ।
यी हुन् स्वस्थ्य जीवनका लागि पालना गर्नुपर्ने ८ महत्वपूर्ण बूँदाहरुः
१ बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिउनुहोस् ।
२ पानी पिउँदा विस्तारै घुटुघुटु पारेर पिउनुपर्छ ।
३ खाना खानुभन्दा ४०–५० मिनेट अगाडि एक गिलास पानी पिउनुहोस् ।
४ खाना पाकिसकेपछि ४० मिनेटभित्र खाइसक्नुपर्छ ।
५ खाना खाँदा राम्रोसँग चबाएर खानुपर्छ ।
६ बिहान बढी खाना खानुपर्छ, दिउँसो अलि कम खानुपर्छ, रातको समय कम र हल्का खाना खानुपर्छ ।
७ नास्ता खाइसकेपछि काम गर्नुपर्छ, दिउँसोको खाना पाएपछि केहीबेर आराम गर्नुपर्छ र रातिको खाना खाएपछि ५ सय कदम अवश्य हिड्नुहोस् ।
८ रातिको खाना साँझ परिसकेपछि दानु राम्रो हुन्छ, अबेर गरि खानुहुँदैन ।
स्रोतः पञ्जाब केसरी