मेलबर्न। अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि भिसा तथा पढाइमा सहयोगी माध्यम बन्दै आएको 'कँडेल कन्सल्टेन्सी' ले उत्कृष्ट एजेन्टको उपाधि हात पारेको छ। कँडेल कन्सल्टेन्सी ' बेस्ट एजुकेसन एजेन्ट २०२२' बाट सम्मानित भएको हो।
मेलबर्नमा गत अक्टोबरमा अष्ट्रेलिया र दक्षिण एशियाबीचका उद्धमीहरुलाई एकै ठाउँमा ल्याएर सम्बन्ध तथा अवसर विस्तार गर्ने उद्देश्य सहित दक्षिण एशियाली उद्धमी सम्मलेन २०२२ (South Asian Entrepreneur Summit 2022) आयोजना गरिएको थियो। सम्मेलनमा विभिन्न विधाका उत्कृष्ट उद्धमीहरुलाई सम्मान गर्ने गरिन्छ। यसपटक एजुकेशन अवार्डमा नोमिनेशनमा परेका कन्सल्टेन्सीहरुमध्ये कँडेल कन्सल्टेन्सीले उत्कृष्ट एजेन्टको अवार्ड जित्न सफल भएको हो।
यो सम्मानको श्रेय कँडेल कन्सल्टेन्सीको मेहनती टिम र यो टिममाथि विश्वास गर्ने विद्यार्थीहरुलाई दिनुहुन्छ, डाइरेक्टर राज कँडेल। उहाँ भन्नुहुन्छ, " पेशागत इमान्दारिता र विद्यार्थीहरुको विश्वासले नै आज हामी यो स्थानसम्म आएका हौँ। र, जुनसुकै उद्धममा पनि सफलताका लागि यी दुई कुरा अपरिहार्य हुन्छन्। आफ्नो इमान्दारिता र सेवाग्राहीको विश्वास सबैभन्दा ठूलो हो। इमान्दारिता र विश्वसनीयता भन्ने नारालाई आत्मसात गरेका कारण पनि हामीले सबैको विश्वास र साथ पायौं भन्ने लाग्छ। र, हामीप्रतिको विद्यार्थीको विश्वासलाई हामीले कहिल्यै पनि कम हुन दिनेछैनौं। यो अवार्डले हामीलाई हाम्रो पेशाप्रति अझ जिम्मेवार र प्रतिबद्ध बनाएको छ। "
कन्सल्टेन्सी प्रमुख कंडेल थप्नुहुन्छ, ” हामी अष्ट्रेलियामा पढ्न चाहने विद्यार्थीलाई सही जानकारी दिएर उनीहरुको यात्रामा सहयात्री बन्न चाहन्छौं । विद्यार्थीहरुले आफ्नो पढाई तथा करियरलाई लिएर दुविधामा भएको समयमा हामीले उनीहरुलाई सही मार्गनिर्देशन गर्न सक्छौं । व्यवसाय हाम्रो दोस्रो प्राथमिकता हो । नेपाली विद्यार्थी र नेपाली समुदायको सहयात्री बन्नु हाम्रो प्राथमिक उद्देश्य हो। त्यसैले पनि यो विश्वास र साथ अझ पाइरहनेछौं अनि अझै कैयौं वार्षिकोत्सव मनाउन पाउनेछौं भन्नेमा हामी आशावादी छौं। क्रिसमस र अंग्रेजी नयाँ वर्षको आगमनले पनि हामीमा उत्साह बढाइदिएको छ। र, यही क्रिसमस तथा नयाँ वर्षको अवसरमा मेरो व्यक्तिगत तथा कन्सल्टेन्सीको तर्फबाट सम्पूर्ण विद्यार्थी, शुभ चिन्तक तथा सम्पूर्ण नेपाली समुदायलाई शुभकामना समेत दिन चाहन्छु ” ।
कंडेल कन्सल्टेन्सी युनिभर्सिटीसंग दर्ता भएको कन्सल्टेन्सी हो । जसले गर्दा यस कन्सल्टेन्सीले दिएका जानकारी आधिकारिक हुन्छन् भने विद्यार्थीहरुले कुनै एजेन्ट या झन्झट बिना सहज तरिकाले भिसा प्रोसेस अगाडी बढाउन सक्छन् । नेपालमा यसका शाखाहरु काठमाडौंको पुतलीसडकमा र चितवनको नारायणगढमा रहेका छन् ।
अष्ट्रेलियामा रहेका विद्यार्थीले समेत विषय परिवर्तन गर्दा, भिसा सम्बन्धि समस्या आउँदा, आदि अवस्थामा यस कन्सल्टेन्सीमा कन्सल्ट गर्न सक्छन् । कंडेल कन्सल्टेन्सीको मूख्य कार्यालय मेलबर्नमा रहेको छ भने सिड्नीमा यसको शाखा कार्यालय रहेको छ ।