काठमाडौं । अष्ट्रेलियावासीको यस पटकको दशै तिहार संगीतमय हुने भएको छ ।
नेपाली पप क्षेत्रका चर्चित गायक नवीन के भट्टराई तथा सुगम पोखरेलसँगै नेपाल आडल ४ का प्रतियोगी आदेश पौडेलले यो बर्षको दशै तिहारमा अष्ट्रेलियाका विभिन्न ठाँउमा आफ्नो सांगितिक प्रस्तुति दिने भएका छन्।
उक्त कार्यक्रम अष्ट्रेलियाको डार्विन, एड्लेड, क्यान्बेरा, पर्थ, मेल्बर्न, सिडनी, लाउन्सेटन, बृस्बेन, गोलकोस्ट, नियुक्यासललगायतका ठाउँमा आयोजना हुनेछ ।
अष्ट्रेलियामा केही वर्षपछि आफ्नो सांगितिक प्रस्तुति दिन लागेकोमो आफू उत्साहित भएको गायक नवीन के भट्टराईले बताउनुभयो ।
त्यस्तै, अर्का गायक सुगमले पनि यो वर्षको ठूलो चाड संगीतमय हुनेमा आशा ब्यक्त गर्नुभयो। साथै, उहाँले आफ्ना नया तथा पुराना गीत सुनाउने बताउनुभयो। त्यस्तै, आदेशले पनि आफ्नो पहिलो सांगितिक यात्रा अग्रजसँग गर्न पाउँदा भाग्यमानी भएको र कार्यक्रमको लागि उत्साही भएको बताउनुभयो । कार्यक्रम सेप्टेम्बर २३ देखि अक्टोबरको अन्तिम सातासम्म हुनेछ ।