काठमाडौं । हरेक वर्ष २८ जुलाईमा विश्वभर विश्व हेपेटाइटिस दिवस मनाइन्छ ।
हेपेटाइटिस एउटा खतरनाक रोगमध्येमा पर्दछ । यसले कलेजोलाई असर पुर्याउछ । कलेजो हाम्रो शरीरको महत्वपूर्ण अंगमा पर्दछ । यसले रगतलाई सफा गर्ने काम गर्छ । यस्तै खानालाई पचाउन पनि कलेजोको विशेष भूमिका रहन्छ । हेपेटाइटिस भए कलेजो सुन्निन्छ । समयमै यस रोगको रोकथाम नगरे मान्छेको मृत्यु समेत हुने खतरा रहन्छ ।
त्यसो त यो रोग नलगोस् भनेर हेपेटाइटिसबाट बच्न खोप दिने गरिन्छ । तर जनचेतनाको अभावमा धेरैले हेपेटाइटिसविरुद्धको खोप लगाउँदैनन् ।
हेपेटाइटिस रोग र यसको लक्षण
हेपेटाइटिस कलेजोसँग सम्बन्धित खतरनाक रोग हो । यसले कलेजोमा इंफेक्शन पैदा गराउँछ । यसले गर्दा कलेजो सुन्निने हुन्छ । कलेजोले विस्तारै काम गर्न छोड्दै जान्छ । हरेक वर्ष हेपेटाइटिसका कारण विश्वमा लाखौं जनाले ज्यान गुमाउने गरेका छन् । यसबाट बच्न हेपेटाइटिसबारे जनचेतना र खोप सबैभन्दा महत्वपूर्ण छ ।
हेपेटाइटिसको प्रकार
हेपेटाइटिस अलग अलग भाइरसबाट हुने रोग हो । यसमा हेपेटाइटिस ए, बी, सी, डी, ई छन् । तर यसमा पनि सबैभन्दा बढी खतरनाक हेपेटाइटिस ए र बीलाई मानिन्छ ।
हेपेटाइटिस हुने कारण
१ हेपेटाइटिस हुने सबैभन्दा प्रमुख कारण दुषित खाना र पानी हो ।
२ रगतमा हुने संक्रमणबाट पनि हेपेटाइटिस हुने खतरा रहन्छ ।
३ रक्तदानबाट लिइएको संक्रमित रगत र सुईबाट पनि यो रोग सर्ने प्रबल सम्भावना हुन्छ ।
४ कहिले काही कुनै औषधीहरुको साइड इफेक्टले पनि हेपेटाइटिस हुनसक्छ ।
५ बढी मद्यपान गर्दा कलेजोमा असर गर्छ । यसले पनि हेपेटाइटिसको खतरा बढाउछ ।
हेपेटाइटिसको लक्षण
-वान्ता आउनु वा वाकवाकी लाग्नु ।
-थकान महसूस हुनु ।
-त्वचाको रंग पहेंलो हुँदै जानु ।
-आँखा पहेंलो हुनु ।
-भोक कम लाग्नु ।
-पेट दुख्ने अथवा सुन्निने ।
-चक्कर लाग्नु र टाउको दुख्नु ।
-पिशावको रंग पहेंलो हुनु ।
-अचानक शरीरको वजन घट्नु ।
-लामो समयसम्म ज्वरो आउनु ।