मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा रहेको नेपाली फुटबल क्लब 'यती फुटबल क्लब' को अध्यक्षमा पुन: राज शर्मा निर्वाचित हुनुभएको छ। गत आइतबार सम्पन्न क्लबको साधारण सभाले नयाँ कार्यसमितिको अध्यक्षको रुपमा राज शर्मालाई चयन गरेको हो।
उक्त साधारणसभाले उपाध्यक्षमा प्रवेश केसी, अनामिका राई र सज्जन शर्मालाई चयन गरेको छ। त्यसैगरी, नयाँ कार्यसमितिको सचिवमा भरत राणा, सहसचिवमा बिशन गुरुङ, कोषाध्यक्षमा हरि गुरुङ र सहकोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ तथा कार्यकारी सदस्यहरुमा कालु तमु, कर्ण राणा, सुदीप मास्के, आशिम पन्त, प्रचन श्रेष्ठ, दिपु गुरुङ, निरजन गुरुङ, ज्ञान श्रेष्ठ, पंकज लामिछाने, राकेश विन्दुकार, उकेश श्रेष्ठ र मनदीप सिंह बस्न्यात चयन हुनुभएको छ।
कार्यक्रममा उपस्थित क्लबका सल्लाहकारहरु जोग लिम्बु , परशुराम शर्मा लुईटेल, बम गुरुङ र राज कँडेलले नयाँ कार्यसमितिलाई बधाई दिंदै शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँहरुले निवर्तमान कार्यसमितिले गरेका कार्यहरुको प्रशंसा समेत गर्नुभएको थियो। कार्यक्रममा निवर्तमान कार्यसमिति तथा खेलाडीहरुले क्लबका लागि गरेको समर्पणप्रति सम्मान संगै आभार व्यक्त गरिएको थियो। त्यसैगरी, क्लबमा जोडिन आउनुभएका नयाँ खेलाडीलाई स्वागत गरिएको थियो।
यति फुटबल क्लबले सन् २००१ देखि यता नेपाली युवाहरुलाई खेलमा आबद्ध गर्दै नेपाली समुदायलाई खेल मार्फत एकताबद्ध गर्दै आएको छ। कंडेल कन्सल्टेन्सीले मूख्य प्रायोजन गरिरहेको यो क्लब खेलमा मात्र नभई सामाजिक सेवामा पनि सक्रिय छ। यति फुटबल क्लब आधिकारिक संस्थाको रुपमा सन् २००८ मा दर्ता भएको थियो।