काठमाडौं । बढ्दो शारीरिक वजनलाई लिएर चिन्तामा परेका धेरै होलान् । सबैजना यसबाट कसरी छुटकारा पाउन सकिन्छ भनेर चिन्तित हुने गर्छन् । वजन घटाउने निहूमा धेरैले पैसा, समय र मिहिनेत खर्च गर्ने गरेका छन् । तर आयुर्वेदिक चिकित्सकहरुका अनुसार शरीरको वजन घटाउन त्यस्तो कठिन परिश्रम वा खर्च केही गर्नुपर्दैन । यी पाँचवटा टिप्सहरु पालना गरे सजिलै वजन बढ्ने समस्याबाट मुक्ति पाइनुका साथै शारीरिक स्कफूर्ति बढ्ने उनीहरुको दाबी छ ।
१ बिहान सबेरै उठ्नुहोस्
जब तपाई सबेरै उठ्नुहुन्छ तब तपाईको भित्री शरीरमा एउटा बेग्लै उर्जा प्रवाहित हुन्छ । यसबाट तपाईको मेटाबोलिज्म ठीक हुनुका साथै इम्युनिटी पावर समेत बढ्छ । यसले तपाईलाई खुशी र सन्तुष्ट बनाउछ । तपाईलाई आफ्नो दैनिक काम गर्न बेग्लै उत्साह प्राप्त हुन्छ । यसले तपाईलाई स्वस्थ्य र फिट बनाइ राख्छ ।
२ तातो पानी र कागती
बिहान उठेर एक गिलास तातो पानी कागतीको रस र एक चम्चा महसँग मिलाएर पिउनुहोस् । यसले तपाईको शरीरलाई डिटक्स गर्नुका साथै मेटोबोलिज्मलाई पनि बढाउछ ।
३ आधा घण्टा घाममा बस्नुहोस्
बिहानी घामले तपाईको शरीरलाई भिटामिन डी प्राप्त हुन्छ । यसले पनि शरीरका लागि आवश्यक मेटोबोलिज्म बढाउछ । साथै पाचनक्रियालाई समेत बलियो बनाउछ । यसले तपाईले खाने खाना राम्रोसँग पचाउन मद्दत पुग्छ । जसबाट तपाईलाई तनावमुक्त बनाउनुका साथै खुशी दिन्छ ।
४ आधा घण्टा दैनिक हिड्नुहोस्
हिड्दा शरीरमा रहेको क्यालोरी बर्न हुन्छ । यसले तपाईको शरीरका सबै जोर्नीलाई स्वस्थ्य बनाइराख्छ । दैनिक हिड्ने बानीले सुगर र रक्तचापलाई पनि नियन्त्रित बनाइराख्छ । पचान शक्ति बढाउनुका साथै कब्जियतबाट समेत राहत मिल्छ । यसले तपाईलाई दिनभर ताजा बनाइराख्छ ।
५ नास्ता अवश्य खानुहोस्
वजन घटाउने नाममा खाना अर्थात नास्ता छोड्ने गल्ती कहिले नगर्नुहोस् । नास्ता खानका लागि बिहानको ७ देखि ९ बजेको समय उत्तम मानिन्छ । नास्तामा कार्बोहाइड्रेड र बोसोको सट्टा प्रोटिन बढी लिदा राम्रो हुन्छ । अण्डा, चिकेन,ड्राइफ्रुट,ओखर आदि प्रोटिनका राम्रा स्रोत हुन् । नास्तामा मौसम अनुसारका फलफूल अवश्य खानुहोला । तर चिनी सकेसम्म दिनभर नै नखाँदा उत्तम मानिन्छ ।
स्रोतः इन्डिया टिभी