मेलबर्न। अष्ट्रेलियामा आफ्नो करियर निर्माण गर्न चाहने नेपाली विद्यार्थीहरुका लागि विश्वसनीय कन्सल्टेन्सीका रुपमा चिनिन्छ, डाँफे कन्सल्टिङ्ग। डाँफे कन्सल्टिङ्गले विद्यार्थीहरुको सहजता र उनीहरुमा गलत सुचना प्रवाह नहोस् भन्ने उद्देश्यले विभिन्न जानकारीमूलक कार्यक्रमको आयोजना तथा जानकारीमूलक सामग्रीहरुको प्रकाशन गर्दै आएको छ । 'द एजुकेशनल ट्रेड कोर्स एक्स्पो २०२२' आगामी मे २७ शुक्रबारका दिन, दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मेलबर्नमा हुँदैछ।
यसैक्रममा डाँफे कन्सल्टिंग मेलबर्नले 'द एजुकेशनल ट्रेड कोर्स एक्स्पो २०२२' को आयोजना गरेको छ। ट्रेड कोर्स भनेको कस्तो कोर्स हो र यस सम्बन्धि एक्प्सोमा के-के कुरा रहन्छन् भन्ने विषयमा सरलरेखाले डाँफे कन्सल्टिंगका डाइरेक्टर सन्तोष कर्णसंग विशेष कुराकानी गरेका छौं। विगत लामो समयदेखि यस क्षेत्रमा क्रियाशील कर्ण रजिस्टर्ड माइग्रेसन एजेन्ट समेत हुनुहुन्छ।
ट्रेड कोर्स भनेको कस्तो कोर्स हो ? यसका विशेषता के हुन्छन् ?
ट्रेड कोर्स यहाँको भोकेसनल कोर्स अन्तर्गतको कोर्स हो। यसले विद्यार्थीलाई व्यवसायिक सीप दिन्छ र उनीहरु यो कोर्स गरिसकेपछि आफै व्यवसायिक रुपमा सक्रिय हुन सक्छन्। शुल्कको हिसाबले अरु कोर्सको तुलनामा यो कोर्स सस्तो हुन्छ। कतिपय विद्यार्थीलाई महँगो कोर्स पढ्यो भने मात्र पीआर पाउन सकिन्छ भन्ने लाग्न सक्छ, तर यो कोर्स पढेपछि पीआर पाउन सहज हुन्छ। सीपमुलक दक्षता दिने हुनाले यो कोर्स गरेका विद्यार्थीलाई पीआरका लागि सहज हुने हो।
ट्रेड कोर्स एक्स्पोको उद्देश्यबारे बताइदिनुहोस् न !
अघि भनेजस्तै, ट्रेड कोर्स सस्तो छ र पीआरका लागि सहयोगी छ, तर धेरै विद्यार्थीलाई यो कुरा थाहा छैन। विद्यार्थीलाई ट्रेड कोर्स, यो कोर्स पढाइ हुने कलेज, कोर्स ढाँचा तथा अवधि, शुल्क लगायत कुराको जानकारी दिनु, त्यसपछिको माइग्रेसन सम्बन्धि कुराहरुमा आवश्यक परामर्श दिनु, प्रोफेसनल इयर प्रोग्राम, आरपीएल प्रोग्रामका बारेमा जानकारी दिनु हाम्रो लक्ष्य रहेको छ। र, यो सबैकुराको एक मात्र उद्देश्य भनेको विद्यार्थीहरुका लागि सहजता, सही सुचना तथा सल्लाह प्रदान गर्दै सहयोग गर्नु हो।
एक्स्पोमा कोर्स सम्बन्धि जानकारी कसरी दिइनेछ, यसमा कलेजको सहभागिता कस्तो रहनेछ ?
कलेजका प्रतिनिधिहरुबाट नै विद्यार्थीहरुले जानकारी लिनुहुनेछ। ट्रेड कोर्स पढाइ हुने १० वटा कलेजका प्रतिनिधिहरु एक्स्पोमा आउनुहुनेछ। उहाँहरुले कुन कोर्स पढ्दा पीआरका लागि सहयोग पुग्छ, प्राक्टिकल कति समय गर्नुपर्छ, कोर्स अवधि र शुल्क कति हुन्छ भन्ने यावत कुराहरुका बारेमा विद्यार्थीहरुसंग अन्तरक्रिया गर्नुहुनेछ।
यसमा विद्यार्थीहरुले छात्रवृत्ति पाउने सम्भावना कति रहन्छ ?
पाउनुहुन्छ। कुनै कोर्समा ३ हजार डलर सम्मको छात्रवृत्ति छ। कुन कोर्समा कति छात्रवृत्ति र कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा विस्तृत रुपमा एक्स्पोबाट थाहा पाउन सक्नुहुनेछ।
नयाँ विद्यार्थीहरुका लागि केही योजना रहेका छन् कि ?
नयाँ विद्यार्थीहरुले छोटो अवधिको कोर्स गर्न सक्नुहुन्छ। त्यस्ता कोर्समा २ सय डलरसम्मको छुट रहनेछ। यो छोटो कोर्स सक्नुभयो भने नयाँ विद्यार्थीलाई यहाँ काम गर्न निकै सहज हुन्छ। एक्स्पोमा सहभागी हुँदा यस सम्बन्धि सबै जानकारी पाउन सक्नुहुनेछ।
यसभन्दा अघि माइग्रेसन परामर्श उल्लेख गर्नुभएको थियो, यसमा कस्ता कुरा पर्छन् ?
नि:शुल्क रुपमा हामीले परामर्श दिनेछौं। कोर्स परिवर्तन कसरी गर्ने, पढिसकेपछि कति समय काम गर्नुपर्ने, कोर्स परिवर्तन कसरी गर्ने लगायत कुराहरुमा यसमा पर्छन्।
अन्त्यमा, केही भन्न चाहनुहुन्छ कि?
यो एक्प्सोमा आउन चाहनुहुन्छ भने नि:शुल्क प्रवेश पाउन सक्नुहुन्छ। ठाउँको सिमितताले गर्दा हाललाई ४० सिट मात्र रहेको छ। हामीलाई सम्पर्क गरेर नाम दर्ता गर्न सक्नुहुन्छ। कार्यक्रममा सहभागी हुँदा हजुरहरुलाई मनोरन्जनात्मक र उत्साहजनक वातवरण बनाउन शो ब्याग राखेका छौं र एक जना लक्की विनरले एप्पलको आइप्याड समेत प्राप्त गर्न सक्नुहुनेछ। अन्त्यमा, सबैभन्दा महत्त्वपूर्ण भनेको गलत सुचनाले गर्दा विद्यार्थीको समय र करियर बिग्रनु हुँदैन। सधै रजिस्टर्ड माइग्रेसन एजेन्टसंग मात्र परामर्श लिने गर्नुस्।
(अष्ट्रेलिया भिसा तथा करियर सम्बन्धि जिज्ञासा भएमा यहाँ क्लिक गरी जिज्ञासा राख्न सक्नुहुनेछ।)