मेलबर्न। अष्ट्रेलियाबाट नेपालमा पैसा पठाउनका लागि वैधानिक र सहज माध्यम बनिरहेको 'पेरु रेमिट' दोस्रो वर्षमा प्रवेश गरेको छ। पेरु (Payरु) नेपालमा राष्ट्र बैंकबाट इजाजत प्राप्त र अष्ट्रेलियामा पनि दर्ता भएको रेमिट कम्पनी हो ।
अवैधानिक माध्यमहरुलाई निरुत्साहित गर्दै अगाडी बढिरहेको पेरुले अष्ट्रेलियाका रेमिट कम्पनीहरुमाझ आफ्नो अलग पहिचान बनाइरहेको छ।
पेरु रेमिट वैधानिक हुनुका साथै चुस्त ग्राहक सेवा, पैसा पठाउन अटोमेटेड प्रक्रिया, उचित सटही दर (रेट), नेपाल पैसा पाउनका लागि कम झन्झटिलो तथा माटो सुहाउँदो सेवा, विश्वसनीय र पठाएको रकममा पैसा घटबढ नभई नेपालमा प्राप्त हुने हुँदा पनि छोटो समयमा नै नेपाली समुदायमा स्थापित हुन सफल भएको छ।
पेरुले वार्षिकोत्सवको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो सेवालाई अझ परिस्कृत गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। विज्ञप्तिमा उल्लेख छ, "यो अवधिमा हाम्रो सेवा प्रयोग गर्नुभई आजको यो गन्तव्यमा पुर्याउनुहुने तपाईंहरु सम्पूर्ण प्रयोगकर्ता, नेपाल पार्टनर ईसेवा मनि ट्रान्सफर तथा सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछौं। हाम्रो दोस्रो वर्षमा हामी अझ नयाँ प्रविधिको तथा प्रयोग गर्न अझ सहज मोबाइल एप, अटोमेटेड केवाईसी भेरिफिकेसन प्रणाली तथा मल्टिपेमेन्ट विकल्पहरु सहित अझ गुणस्तरीय, छिटो र झन्झट रहित सेवा प्रदान गर्ने प्रण गर्दछौं "।
पेरु रेमिटका सीईओ विजय दाहालका अनुसार, वैधानिक माध्यम भएकोले यस मार्फत पठाएको पैसाले नेपालमा कानुनी रुपमा सम्पत्ति खरिद, सेयर मार्केटमा लगानी, ऋण लिन लागायत काममा आयस्रोतको रुपमा देखाउन सकिन्छ। र, नेपाल सरकारले रेमिट्यान्सलाई प्रबर्द्धन गर्नका लागि दिएका सेवाहरु पनि उपयोग गर्न सकिन्छ। अष्ट्रेलियाबाट पेरु रेमिट मार्फत पठाएको ढिलोमा पाँच मिनेटमा नेपालमा पैसा पुगिसक्छ। यसको सेवा दिनको २४ घण्टा नै खुल्ला रहन्छ र पठाएको रकममा १ पैसा पनि घटबढ नभई नेपालमा सम्बन्धित व्यक्तिसम्म पुग्छ।
पेरु रेमिटको सुरुवात कसरी भयो भन्ने सन्दर्भमा सीईओ दाहाल बताउनुहुन्छ," पहिलो त हाम्रो आफ्नै अभुवले हो। नेपालमा पैसा पठाउँदा कतै ढिलासुस्ती, कतै कस्टमर केयर राम्रो नहुने, कतै असुरक्षा लगायत समस्याहरु हामीले पनि अनुभव गरेका थियौं। पठाएको रकममा कहिले पचास रुपैयाँ, कहिले सय रुपैयाँ कम हुनेगर्थ्यो। किन कम भयो भनेर सोध्दा, स्थानिय रेमिटको शुल्क काटिएको भन्ने जवाफ आउँथ्यो। र, संगै नेपालमा इसेवा प्रयोगकर्ताहरुको संख्या बढ्यो, इसेवा वालेटको लोकप्रियता बढ्यो। यसले नेपालीलाई डिजिटल वालेटको बानी बसालिदियो। यो डिजिटल वालेटलाई नेपाल र अष्ट्रेलियाको नेपाली समुदायबीच किन नजोड्ने, भन्ने सोंच आयो। यी सबैकुराहरुले पेरुको अवधारणा जन्माउन भूमिका खेलेका छन्। यसको नाममा नेपालीपनको झल्को दिउँ भन्ने हिसाबले Payरु नाम रहन गयो। हाम्रो प्राविधिक काम २०२० बाट नै सुरु भएको थियो। २०२१ बाट हामीले मोबाइल एप ल्याएका हौँ। "