काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा जर्मनीमाथि जापानले सानदार जित निकालेको छ ।
जापानले जर्मनीलाई पहिलो पटक २–१ गोल अन्तरले हराएको हो ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीमाथि २–१ गोल अन्तरको उत्कृष्ट जित निकालेको हो ।
खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १–० को अग्रता दिलाएका थिए ।
जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो । जसमा गुन्डोगानले सहजै गोल गरे ।
दोसो हाफमा चार पटकको च्याम्पियन जर्मनीमाथि पुनरागमन गर्दै एसियाली पावर हाउस जापानले नतिजा आफ्नो पक्षमा पारेको हो ।
खेलको ७५ औं मिनेटमा सब्सिच्युडको रुपमा मैदान प्रवेश गरेका रित्सु डोनले गोल गर्दै जापानलाई १–१ गोलको बराबरीमा ल्याए । तानकाको स्थानमा मैदान प्रवेश गरेको चार मिनेटमै उनले गोल गरेका हुन् ।
त्यसपछि खेलको ८३ औं मिनेटमा अर्का सब्सिच्युड खेलाडी ताकुमा असानोले गोल गर्दै जापानलाई २–१ को जित दिलाए । उनी ५७ औं डाईजेनको स्थानमा मैदान प्रवेश गरेका थिए ।
जितसँगै जापानले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
जितसँगै जापान समूह ई को शीर्ष स्थानमा रहेको छ ।
हारबाट विश्वकपको सुरुआत गरेको जर्मनी पुछारमा रहेको छ ।