खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा ८ छहारी युवा क्लवकाे सभाहलमा खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
ठूलो धनराशी भएको फुटवल प्रतियोगिताको पहिलो खेलअजिमा र ए एम बी विच हुने छ । खेलकुद क्षेत्रको बिकास र खेलाडी उत्पादनको लागि युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहकार्यमा छहारी युवा क्लबद्वारा आयोजित फुटवल प्रतियोगिता गरेको हो।
आयोजकका अनुसार छहारी युवा क्लव र निर्वना,बौद्ध अजिमा र ए एम बी,स्विफ्ट किक्कस् र स्टुडेन्ट एफ सि,ए बि सि फुटबल एकेडेमी र वी अर व्रदरले प्रतिस्पर्धा हुनेछ। कृजाल,ख्वापा किङ्गस्,भुँइखेल एफ सि,संकटा एफ सिले बाई पाएका छन् ।
प्रतियोगितामा १२ टिमले सहभागिता जनाएको खेल संयोजक संगम श्रेष्ठले जानकारी दिए । बिगतमा बर्षहरुमा बिद्यालय स्तरीय खेल प्रतियोगिता गरेको हुनाले यो बर्षामा खुल्ला स्तरीय महिला फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको छहारी युवा क्लवका अध्यक्ष संगम श्रेष्ठले बताउनु भयो।
नेपालय इङ्लिस पब्लिक स्कूलको खेलमैदानमा हुने प्रतियोगिताको प्रथम टिमले नगद ५०,०००/- ट्रफि, मेडल र प्रमाणपत्र र द्वितिय पुस्कार : नगद रु २५,०००/- ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट खेलाडी : नगद रु २,०००/- ट्रफि र प्रमाणपत्र सर्वाधिक गोलकर्ता : नगद रु २,०००/- ट्रफि र प्रमाणपत्र उत्कृष्ट गोलरक्षक : नगद रु २,०००/- ट्रफि र प्रमाणपत्र खेलको उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार रु. १०००। प्रदान गरिने आयोजक छहारी युवा क्लवले जनाएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल प्रतियोगिता नेपालय इङ्लिस पब्लिक स्कूलको खेलमैदानमा मिति २०८२/१/५ गते संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीद्वारा उद्घाटन समारोह हुने भएको छ ।