चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ ।
चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँका दिन गोकर्णेश्वरको जोरपाटी क्षेत्रमा गणेश, भैरव र चामुण्डादेवीको रथयात्रा गर्ने परम्परा थियो ।
आज श्री रक्तविनायक गणेश, श्री चामुण्डा देवी भगवती, श्री महाँकाल भैरवको रथयात्रालाई खटलाई पञ्च बली सहित विभिन्न विधिबाट पुजाआजा गरेर निकालिएको हो ।
अर्थ समितिका सभापति प्रतिनिधिसभा सदस्य सन्ताेष चालिसेले धर्म ,संस्कृति , परम्परा यस क्षेत्रको आस्थाका केन्द्रविन्दु चामुण्डा देवी माई मन्दिर हो। जात्रा पर्वकाे संरक्षणमा तिनै तहका सरकारकाे भुमिका उत्तीकै रहेकाे बताउनुभयाे। उहाँले मूर्त तथा अमूर्त सम्पदाकाे संरक्षणमा सबैकाे उत्तिकै साथ र सहयाेग हुनुपर्नेमा चालिसेले जाेड दिनुभयाे ।
नगरप्रमुख दिपक रिसालले उहाँले, 'हाल १ करोडको लागतमा मन्दिरपरिसरमा रहेकाे लिच्छविकालिन भवनको पुनः निर्माण गरिएको बताउनुभयाे। गोकर्णेश्वर नगरपालिकालाई धार्मिक तथा साँस्कृतिक आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रमा घोषण हुनुपर्ने जोड दिनुभयाे ।
नगर प्रवक्ता वडा ५ का अध्यक्ष नारायण बहादुर सुवेदीले श्री रक्तविनायक गणेश, श्री चामुण्डा देवी भगवती, श्री महाँकाल भैरवको रथयात्रा विगत ४२ वर्षदेखि यस जाेरपाटी क्षेत्रमा भइरहेको बताउनुभयाे।
चामुण्डा मन्दिरबाट निकालेको रथ गोकर्णेश्वर नगरपालिका महाँकाल, आरुबारी,छहारी,जाेरपाटी, सर्वेश्वर ,नयाँवस्ती हुँदै रथलाई बाजागाजा सहित धुमधामका साथ रथलाई टोल, टोलमा घुमाउने पुरानो परम्परा हो । रथयात्राभर भक्त जनको सुरक्षाका लागि प्रहरी स्वयंसेवक स्वस्थ्य कर्मचारी टोलि परिचालन गरिएका थिए । जात्रामा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।