काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ कतार सुरु हुन अब दुई साता भन्दा कम समय बाँकी छ ।
पहिलो पटक जाडो मौसममा विश्वकप फुटबल हुन लागेको हो ।
कतारमा हुने विश्वकप नोभेम्बर २० मा सुरु हुँदैछ भने डिसेम्बर १८ मा सकिनेछ । सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप फुटबलको २२औं संस्करण हो ।
कतारमा हुने विश्वकपका लागि विश्वका उत्कृष्ट ३२ राष्ट्र छनोट भएका छन् । जसमा फिफाको शीर्ष वरीयतामा रहेको ब्राजिल देखि ६१ औ वरीयतामा रहेको घानासम्म छ ।
यसपटक विश्वकप फुटबलमा एसिया महादेशबाट कतारसहित पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्दै छन् ।
आयोजक कतार आयोजकले नाताले सिधै छनोट हुँदा जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबियाले छनोट चरण पार गरेका हुन् । अष्ट्रेलिया अन्तरमहादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै विश्वकपमा छनोट भएको हो । विश्वकपमा पहिलो पटक एसियाबाट कीर्तिमानी ६ टिमले खेल्न लागेको हो ।
यस्तो छ कतार विश्वकपकोसमूह विभाजन
समूह ‘ए’- कतार, इक्वेडर, सेनेगल, नेदरल्याण्ड्स
समूह ‘बी’- इंग्ल्याण्ड, इरान, अमेरिका, वेल्स
समूह ‘सी’- अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड
समूह ‘डी’- फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया
समूह ‘ई’- स्पेन, कोस्टारिका, जर्मनी, जापान
समूह ‘एफ’- बेल्जियम, क्यानडा, मोरोक्को, क्रोएसिया
समूह ‘जी’- ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड, क्यामरुन
समूह ‘एच’- पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया