मेलबर्न । विश्वकप खेल्न अष्ट्रेलिया पुगेका श्रीलंकाली क्रिकेटर धनुष्का गुनाथिलाका बलात्कारको आरोपमा पक्राउ परेका छन्।
क्रिकइन्फोका अनुसार धुनुष्काविरुद्ध एक २९ वर्षीया महिलाले आफूमाथि बलात्कार गरेको उजुरी दिएकी थिइन् । धुनुष्कालाई स्थानीय प्रहरीले सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टस्थित टोली रहेको होटलबाटै स्थानीय समय अनुसार आइतवार दिउँसो १ बजे पक्राउ गरेको हो।
प्रहरीका अनुसार रोज बेमा बुधबार गुनाथिलाकाले एक २९ वर्षीया महिलामाथि यौन दुर्व्यवहार गरेका थिए।
ती महिलाको उजुरी पछि थप छानबिन गर्न ३१ वर्षीय धानुस्कालाई नियन्त्रणमा लिएर सिड्नी सिटी प्रहरी चौकीमा राखिएको छ।
ती महिला र धानुस्काको भेट एक अनलाइन डेटिङ एप्लिकेसनमार्फत भएको बताइएको छ । धेरै दिनसम्म उनीसँग कुराकानी गरेपछि धानुस्काले ती महिmासँग भेटेका थिए। त्यसपछि बुधबार साँझ उसले यौन दुव्र्यवहार गरेको आरोप महिलाले लगाएकी न्यू साउथ वेल्स प्रहरीले जनाएको छ ।
उनीमाथि ती महिलाले आफ्नो सहमति बिना चार पटकसम्म बलात्कार गरेको आरोप लगाएकी छन्।
प्रहरीले जमानत दिन अस्वीकार गरेपछि श्रीलंकाका खेलाडीहरू उनी बिनानै आज स्वदेश फर्किएका छन्। अब नोभेम्बर ७ मा उनलाई डाउनिङ सेन्टरको स्थानीय अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ।
नोभेम्बर २०१५ मा आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेदेखि उनले श्रीलंकाका लागि ८ टेस्ट, ४७ एकदिवसीय र ४६ टी(२० खेलेका छन्।