काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले प्रमुख प्रशिक्षक अब्दुलाह अलमुताइरीले राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाएका खेलाडीको सूची खारेज गरिदिएको छ ।
दशरथ रंगशालामा असोज ११ गतेदेखि हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अल्मुताइरीले २६ जना खेलाडीको सूची एन्फामा बुझाएका थिए । तर, सूची खारेज गर्दै एन्फाले कार्यवाहक प्रमुख प्रशिक्षक प्रदीप हुमागाईंको सिफारिसमा ४० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
हुमागाईंले बोलाएकामा यसअघि अलमुताइरीसँगको विवादका कारण टिमबाट बाहिरिएका १० मध्ये खेलाडी पनि छन् । प्रशिक्षकसँगको विवादपछि किरणकुमार लिम्बू, सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठ टिमबाट बाहिरिएका थिए । जसमध्ये सुमन लामा विदेश गइसकेका छन् ।
यसअघि, अलमुताइरीले माग गरेको सूचीमा खेलाडी–प्रशिक्षक विवादमा मुछिएका अञ्जन विष्ट र तेज तामाङको मात्र नाम समावेश छ । अलमुताइरी बिरामी बिदामा रहेको भन्दै एन्फाले हुमागाईंलाई कार्यवाहक प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो ।
टोलीमा बोलाइएका खेलाडी :
गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, निशान खड्का, अमित तामाङ
मिडफिल्डर : सन्जोग राई, पुजन उपरकोटी, राजन गुरुङ, एरिक विष्ट, सेसेहाङ आङदाम्बे, सुदिप गुरुङ, सुरज ज्यु ठकुरी, सुवास गुरुङ, आवास लामीछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अञ्जन विष्ट,
फरवार्ड : विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आषिश चौधरी, रितिक खड्का, जर्ज प्रिन्स कार्की, आषिश चापागाईं, अविशेष रिजाल र भरत खवास ।