काठमाडौं । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने फिफा विश्वकप २०२६ को आयोजक शहरहरु सार्वजनिक गरिएको छ ।
बिहीबार घोषणा गरिएका फिफा विश्वकप आयोजक उत्तर अमेरिकी शहरहरूमा लस एन्जलस, मियामी, न्यूयोर्क, टोरन्टो र डलास समावेश छन् । तीन फरक देशले पहिलोपटक संयुक्त रुपमा फिफा विश्वकपको आयोजना गर्न लागेका हुन् । प्रतियोगिताका खेलहरू १६ सहरमा १६ फरक स्थानमा आयोजना हुनेछन् । जसमध्ये ११ संयुक्त राज्य अमेरिकामा, दुईवटा क्यानडा र तीनवटा मेक्सिकोमा छन् ।
प्रतियोगिताको पश्चिमी क्षेत्र आयोजक सहरहरू भ्यानकुभर, सिएटल, सान फ्रान्सिस्को÷बे एरिया, लस एन्जलस र ग्वाडालाजारा हुनेछन् । मुख्य आयोजक शहरमा कन्सास सिटी, डलास, एटलान्टा, ह्युस्टन, मोन्टेरी र मेक्सिको सिटी हुनेछन् । पूर्वी क्षेत्रका खेलहरू टोरन्टो, बोस्टन, फिलाडेल्फिया, मियामी न्यूयोर्क, र न्यू जर्सीमा हुनेछन् ।