काठमाडौं । नेपालबाट चोरी निकासीलगायत विभिन्न कारण विदेश पुर्याइएका पुरातात्विक तथा सांस्कृतिक महत्वका मूर्ति हालसम्म ७९ वटा फर्काइएका छन्।
चीन ९तिब्बत०बाट २८, बेलायतबाट १९, अमेरिकाबाट १७, भारतबाट १३, अस्ट्रिया र जर्मनीबाट एक(एक थान फिर्ता ल्याइएको हो। अमेरिका, फ्रान्स, बेलायत, अस्टे«लियालगायत मुलुकबाट थप कलाकृति ल्याउन कूटनीतिक पहल भइरहेको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले बताउनुभयो ।
‘आगामी आर्थिक वर्ष धेरै मूर्ति आउनेवाला छन्। नेपालबाट के कति सांस्कृतिक सम्पदा बाहिरिए भनेर कुनै तथ्यांक छैन। तर, विश्वका विभिन्न प्रख्यात संग्रहालयमा प्रदर्शनमा राखिएका नेपाली विशिष्ट किसिमका कलाकृतिले नेपालबाट हजारौं संख्यामा महत्वपूर्ण कलाकृतिहरू बाहिरिएको पुष्टि हुन्छ । कूटनीतिक माध्यमबाट सयौं पाइप लाइनमा आउनेवाला छन्। आउने आर्थिक वर्ष ५० भन्दा बढी ल्याउने प्रक्रियामा छन्।’, महानिर्देशक गौतमले बताउनुभयो ।
उहाँका अनुसार सांस्कृतिक, पुरातात्विक महत्वका सम्पदाहरू संरक्षण ऐन बनेसँगै बढी चासो देखिएको हो। चोरी मात्र नभई उपहारका रूपमा र बेचिएर पनि नेपाली कलाकृतिहरु बाहिरिएका छन् ।
विदेश पुर्याइएका मूर्तिलगायत अन्य बहुमूल्य वस्तु प्रमाण पुगेपछि फिर्ता ल्याइएको उहाँको भनाइ छ। देशको विशिष्ट र मौलिक पहिचान बोकेका सम्पत्तिलाई संरक्षण गर्नु सरकारको दायित्व रहेको उहाँको भनाइ छ। अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार अनुसार सन् १९५० अघि नेपालबाट के कति सांस्कृतिक सम्पदा बाहिरिए भन्ने तथ्यांक सरकारसँग पाइँदैन। यो विभाग २००९ सालमा स्थापना भयो। २०१३ सालमा प्राचीन स्मारक संरक्षण ऐन बन्यो। त्यसपछि मात्र पुरातात्विक वस्तुको संरक्षण गर्न थालिएको दाहालले जानकारी दिनुभयो ।