काठमाडौं । आज साँझबाट नेपालको पश्चिमी क्षेत्रमा वर्षा सुरू हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाटै देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाले जानकारी दिएको छ।
जसको प्रभावले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
यो प्रणाली काठमाडौं उपत्यका आसपास आउन भने केही समय नै लाग्ने देखिएको मौसमविद बताउछन् ।
हाल काठमाडौं उपत्यकाको मौसम हिजो अस्तीको भन्दा केही सफा देखिएको छ। आजको भिजिविलिटी ५ किलिमिटरसम्म रहेको उहाँले जानकारी दिनुभयो । आज बिहान ७ बजेको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ।
मंगलबार र बुधबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।