काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पाँचौँपटक शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।
बुधबार बुधबार बिहान भएको कांग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापतिसमेत रहनुभएका देउवा निर्वाचित हुनुभएको हो । उहाँले महामन्त्री गगनकुमार थापालाई ३९ मतले अपराजित गर्नुभएको हो ।
८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा ६४ मतसहित सभापति देउवा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी गगनकुमार थापाले २५ मत पाउनुभएको छ । योसँगै कांग्रेस संसदीय दलको नेताको जिम्मेवारी देउवाले पाँचौँपटक पाउनुभएको हो ।
२०५१ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको सहयोगमा देउवालाई संसदीय दलको नेता बन्नुभएको थियो । सोही बेला उहाँ ४९ वर्षकै उमेरमै प्रधानमन्त्री बन्नुभएको थियो ।
प्रधानमन्त्रीबाट गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएपछि २०५८ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा देउवाले सुशील कोइरालालाई पराजित गर्नुभएको थियो ।
२०७० मा भएको दोस्रो दोस्रो संविधानसभा निर्वाचनपछि संसदीय दलको नेता बन्दै प्रधानमन्त्री बन्नुभएका सुशील कोइरालाले दलीय सहमतिअनुसार ३ असोज २०७२ मा संविधान जारी भएपछि प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
यसपछि भएको कांग्रेस संसदीय दलको नेतामा देउवाले रामचन्द्र पौडेललाई पराजित गर्नुभएको थियो । देउवा तेस्रोपटक संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो ।
२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि प्रकाशमान सिंहलाई पराजित गर्दै देउवा चौथोपटक संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो ।
पाँचौँपटक बुधबार गगन थापालाई पराजित गर्दै देउवा संसदीय दलको नेतामा विजयी हुनुभएको हो ।