काठमाडौं । नेकपा एमालेले प्रदेश तर्फको समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ ।
पार्टी मुख्यालय च्यासल ललितपुरमा शनिबार बसेको पदाधिकारीको बैठकले नाम टुङ्गो लगाएको हो । शनिवार नै एमालेले समानुपातिक सूचीमा निर्वाचन आयोगमा बुझाएको छ ।
पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसी सबै प्रदेशका लागि समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ । सो अवसरमा अध्यक्ष ओलीले निर्वाचन परिणाम र पार्टीको आगामी कार्यभारका विषयमा धारणा राख्नुभएको थियो ।
अध्यक्ष ओलीले मंसिर ४ गते सम्पन्न निर्वाचन परिणामबाट मुलुक अस्थिरतातर्पm जाने अवस्था देखिएको बताउनुहुँदै क्षयीकरण भइरहेको सामाजिक मूल्य मान्यता र आर्थिक सङ्कटतर्फ धकेलिएको मुलुकलाई सही बाटोमा ल्याउन पार्टीले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा एमालेले समानुपातिकतर्फ सर्वाधिक मत प्राप्त गरेको छ । सो अनुसार एमालेबाट प्रतिनिधिसभा सदस्यमा ३४ जना र सात प्रदेशसभामा ७० जना प्रदेशसभा सदस्य गरी १०४ जना निर्वाचित हुनुहुनेछ ।
प्रदेश–१ मा १५ जना, मधेश प्रदेशमा ८ जना, बागमतिमा –१४ जना, गण्डकीमा –१० जना, लुम्बिनीमा ११ जना, कर्णालीमा ५ जना र सुदूरपश्चिममा –७ जना निर्वाचित हुनुहुने भएको छ ।
एमालेले निर्वाचन आयोगमा पठाएको नामावली यसप्रकार छः