काठमाडौं । समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
शुक्रवार बिहान ६ बजेसम्म एमालेले आठ लाख ७९ हजार १४२ मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगको तथ्यांक अनुसार दोस्रोमा रहेको नेपाली कांग्रेसले आठ लाख ५२ हजार ७२५ मत प्राप्त गरेको छ । एमालेभन्दा कांग्रेस ३६ हजार ४१७ मतले पछि छ ।
तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले चार लाख मत कटाएको छ । उसले चार लाख ३२ हजार ६५ मत पाएको छ ।
नेकपा माओवादी केन्द्र चार लाख ९६४ मत ल्याएर चौथो स्थानमा छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई लाख ३३ हजार ७ मत पाएको छ । जनता समाजवादी पार्टीले एकलाख १२ हजार ५४०, जनमत पार्टीले ६७ हजार १२२ मत प्राप्त गरेको छ ।
नेकपा एकीकृत समाजवादीले ६१ हजार ८७९, नागरिक उन्मुक्ति पार्टीले ६१ हजार ५५२ मत प्राप्त गरेको छ ।
नेपाल मजदुर किसान पार्टीले ५६ हजार १६५, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ५१ हजार १९१ मत प्राप्त गरेको आयोगले जनाएको छ ।
अन्य पार्टीहरूको मत ३० हजारभन्दा कम छ ।