काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत परिणाम आउने क्रम जारी छ ।
अहिलेसम्म २२ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ । जसमध्ये १३ प्रतिनिधिसभामा जित हासिल गरेर कांग्रेस पहिलो पार्टीका रुपमा रहेको छ । कांग्रेसले काठमाडौंका पाँच वटा क्षेत्रमा जित हासिल गरेको छ । कांग्रेसको सत्ता सहयात्री दल नेकपा एकीकृत समाजवादीले एक स्थानमा जित हासिल गरेको छ । तरनेकपा माओवादी केन्द्रले भने अहिलेसम्म खाता खोल्न सकेको छैन ।
अहिलेसम्म नेकपा एमालेका ३ जना उम्मेदवार निर्वाचित भएका छन् । यस्तै निर्वाचन आयोगमा दर्ता भएको कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि काठमाडौंका तीनवटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।
राप्रपाले १ र नागरिक उन्मुक्ति पार्टीले १ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।
नेपाली कांग्रेसले जित हासिल गरेका क्षेत्र
१– योगेश गौचन थकाली, मुस्ताङ
२– टेकबहादुर गुरुङ, मनाङ
३– प्रकाशमान सिंह, काठमाडौं–१
४– गगन थापा, काठमाडौं ४
५– प्रदिप पौडेल काठमाडौं ५
६– मोहन आचार्य रसुवा
७– उदयशमशेर जबरा ललितपुर १
८– सन्तोष चालिसे काठमाडौं ३
९– शंकर भण्डारी तनहुँ २
१०– शेरबहादुर देउवा डडेल्धुरा
११– राजेन्द्रकुमार केसी काठमाडौं १०
१२– रमेश रिजाल पर्सा ४
१३– हृदयराम थानी, सुर्खेत २
नेकपा एमालेले जित हासिल गरेका क्षेत्रहरु
१– प्रेमबहादुर महर्जन ललितपुर २
२– अम्बरबहादुर रायमाझी उदयपुर २
३– कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९
राष्ट्रिय स्वतन्त्र पार्टी
१– गणेश पराजुली काठमाडौं ७
२– विराजभक्त श्रेष्ठ–काठमाडौं ८
३– सोविता गौतम–काठमाडौं २
एकीकृत समाजवादी
१– शेरबहादुर कुँवर अछाम १
राप्रपा
१–धवलशमशेर जबरा बाँके २
नागरिक उन्मुक्ति पार्टी
१– गंगाराम चौधरी कैलाली ३