काठमाडौं । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले २० ग्यारेन्टीसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । जसमा ‘पाँच वर्षः एमालेले गर्छ’ भनेर नारा अघि सारिएको छ ।
उक्त घोषणापत्रमा प्रारम्भमा आर्थिक वृद्धिदर सात प्रतिशत पुर्याउने र आगामी पाँच वर्षभित्रमा दुई अंकमा पुर्याउने दाबी गरिएको छ ।
‘प्रारम्भमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँदै यसलाई दुई अंकमा पु¥याउनेछ । नेपाली अर्थतन्त्रलाई विश्वकै उदीयममान अर्थतन्त्र बनाइनेछ,’ घोषणपत्रमा उल्लेख छ ।
मंगलबार एमाले अध्यक्ष केपी ओलीले होटल याक एन्ड यतीमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक गरिएको घोषणापत्रमा २० ग्यारेन्टीसहितको नारा अघि सारिएको छ ।
घोषणापत्रमा आगामी ५ वर्षभित्र नेपालको कुल गार्हस्थ उत्पादन ९जीडीपी० १०० खर्ब रुपैयाँ पुर्याउने दाबी गरिएको छ ।
अहिले करिब ४८ खर्ब जीडीपी रहेको भन्दै यसलाई वृद्धि गरेर १०० खर्ब रुपैयाँ पुर्याउने एमालेले दाबी गरेको हो ।
‘हालको करिब रु। ४८ खर्बको कुल गार्हस्थ उत्पादन (जीडीपी)लाई आगामी पाँच वर्षभित्र रु १०० खर्ब पुर्याउनेछ,’ सार्वजनिक घोषणापत्रमा एमालेले उल्लेख गरेको छ ।
यस्तै घोषणापत्रमा आगामी ५ वर्षभित्र नेपालीको आम्दानी २ हजार ४०० अमेरिकी डलर पुर्याउने दाबी गरिएको छ ।
‘आगामी पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर २ हजार ४०० पुर्याइनेछ,’ सार्वजनिक घोषणापत्रमा एमालेले उल्लेख गरेको छ ।
घोषणापत्रको पूर्णपाठ :