-"बुध्दि बिग्रेपछि के हुन्छ ?"
-"नुनकाे साेझाे हुन्छ ।"
आमा साेध्दिन, छाेराे जवाफ दिन्थ्याे । घरमा सधैं नुनकाे झैं- झगडा सुरू भयाे । यस बारेमा आमा छाेराकाे बिचमा मनमुटाव र सधैै किचकिचमा जीवन चल्याे। उनीहरूमध्ये न आमाले छाेरालाई हेर्न चाहन्थिन न छाेराेले आमालाई धारेहात लगाउन छाेडेथ्याे । आमाछाेरा बिच झगडा चलिरह्याे । उनीहरूकाे चाला देखेर गाउँलेहरू चियाेचर्चाे गर्न लागे । आमा रून र छाेराे हाँसेर लाज टार्न लाग्याे । एकदिन छाेरालाई नुन नहालेकाे मासुभात पकाएर आमाले पस्किदिइन् । छाेराे बाैलाउन थाल्याे ।
-"बुढी भएर बुध्दि छैन ? एकलकाँटे ! तैंले नुनकाे स्वाद पनि बिर्सिस हैन ? बुढी आइमाई !"
छाेराकाे लागि आमा, बुढी आइमाई पाे भइन् । छाेराकाे गम्भीर आराेप सुनेर आमा घुँक्कघुँक्क भक्कानिइन् । पहिलापहिला छाेरालाई नुन खुवाउने बिचरी आमा छटपटाउन थालिन् । उनी छट्पटिइरहिन् ।
भँडुवा, छुल्याहा, गैह्रजिम्मेवार र लैलै लाल अफवाहमा दाैड्ने छाेराेलाई धिक्कार्दै आजित भएर छाेराले आगाे लगाएकाे घर सफा गर्न लागिन् । जति सफा गर्दै गइन् । उनले खरानी, गाेल, अँगार, धैँसाे, माकुराकाे जालाे र फाेहर भेटिन् । छाेराले केही समय अगाडिदेखि लगाउने गरेकाे कठ पुतली प्रवृत्तिकाे जामा पनि त्यतै कतै कालै भएर जलेकाे देखिन । उनलाई दिक्क लाग्याे । तै पनि जलेकाे घरमा नुन जगेर्ना गर्न पाइन्छ कि भनेर खाेज्न गइन् । नुन भने पाइनन् तर एउटा कुराकाे त्यहाँ नराम्राे दृश्य देखिन् । अल्लारे छाेराे नुन चाेर्न गएकाे बेलामा पड्केकाे नुनले कालै भएर डढेकाे पाइन् । उनी त्यही बसरी पीडाले चिच्याउन थालिन् ।
-"नुनकाे साेझाे नगर्ने छाेराे कस्ताे हुन्छ ?"
-"गाउँलेलाई हँसाउने, दुनिया फसाउने, घरकाे नुन बेच्ने, नुन खान मन लाग्याे भनेर गाउँलेकाे भान्सामा दाह्रा जाेर्ने ।"
नेपथ्यमा यस्तै गुन्जन आइरहेकाे थियाे । दाह्रा जाेर्ने र थपडी बजाउनेहरू आफुले ज्यूनार गरेकाे नुन जीउमै ढाडिएर मात्तिदै कराइरहेका थिए । बाटाेमा हिंडिरहेका बेलामा कसैले कान टट्टाउने गरि सुसेल्याे ।
-"बिचरा ! नुनकाे साेझाे !"