महोत्तरी । नेकपा एमाले मधेश प्रदेशले निर्वाचनलाइ केन्द्रित गरी जिम्मेवारीमा हेरफेर गरेको छ ।
जिल्ला र प्रदेशमा हेरफेर गरिएको जिम्मेवारीमा केही नेताहरुले असन्तुष्टि जनाएता पनि सवै जिल्लामा समबन्धित नेतालाइ पत्र पठाइसकेको नेकपा एमाले मधेश प्रदेशले जनाएको छ ।
जिल्लामा पठाएका पत्रमध्ये महोत्तरीको क्षेत्र १ मा असन्तुष्टि चुलिएको छ । पाटीमा पुर्याएको योगदान र कार्यक्षमता हेरेर जिम्मेवारी दिएको दावी गरेता पनि असन्तुष्ट केही नेताहरुले त्यसो विरोध गरेका छन् ।
क्षेत्र नम्बर १ को क्षेत्रीय इन्चार्ज केदारबहादुर कार्कीलाई दिइएको छ भने क र ख तर्फ क्रमशः चन्द्र बहादुर क्यापछाकी र शंकर महतोलाइ तोकिएको छ ।
यसैगरी अखिल नेपाल महिला संघ मधेश प्रदेश प्रमुखमा शरदादेवी थापालाइ दिएको छ । थापा क्षेत्र नबर १ क बाट २०७४ को निर्वाचनमा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि हुन् ।
त्यस्तै, उत्पीडित जातीय मुक्ति समाज मधेश प्रदेश प्रमुखमा शान्त परियारलाइ मनोनित गरिएको छ भने भानुभक्त पोखरेललाइ जनसांस्कृतिक महासंघ मधेश प्रदेश प्रमुखमा, गोपाल प्रसाद बराललाइ प्रेस चौतारी नेपाल मधेश प्रदेश प्रमुखमा र गुन्ज खडकालाइ सुकुम्बासी, भूमि अधिकार र श्रमिक संघको नेतृत्व दिइएको छ ।
प्रदेशवाट निर्णयभएसँगै शनिबार बेलुका प्रदेश इन्चार्ज रघुवीर महासेठले जिल्लाका एक–एक जना प्रतिनिधि बोलाएर अध्यक्ष रामऔतार यादवले हस्ताक्षर गरेको पत्र हस्तान्तरण गर्नुभएको छ ।