काठमाडौं । सत्ता गठबन्धनको सिट भागबण्डामा प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रले ४४ सिटमा करिब करिब सहमति जनाएको छ ।
गठबन्धनमा छलफल अझैं जारी रहेकोले दोस्रो मुख्य घटक माओवादीले प्रतिनिधि सभा तर्फ ४५ सिट पाउने निश्चित छ। एक दुई क्षेत्रमा निर्णय भइसक्न बाँकी छ।
त्यसबाहेक बाँकी २ क्षेत्र माओवादीले पाउने निश्चित छ। ती क्षेत्र हुन्, सल्यान, खोटाङ, रुपन्देही १ मध्ये २।
पाँच वर्षपहिलाकोभन्दा ९ सिट बढी पाएको माओवादीले क–कसलाई उम्मेदवार बनाउला भन्ने अहिले चासोको विषय बनेको छ ।
स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहालले टिकट दिने नेताहरुको प्रारम्भिक खाका बनाइसक्नुभएको छ । कार्यदल सदस्य समेत रहेका महासचिव देव गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, गिरिराजमणि पोखरेल र शक्ति बस्नेतले पेश गरेको सूचीको आधारमा अध्यक्ष दाहालले सम्भावित उम्मेदवार नेताको सूची तयार पार्नुभएको हो ।
तर, सिट संख्या निर्णय घोषणा भैनसकेकोलेमाओवादीले उम्मेदवारको नाम सार्वजनिक भने गरिसकेको छैन ।
माओवादीको भागमा परेका क्षेत्रमा उम्मेदवार बनाउने नेताहरुको प्रारम्भिक सूची अध्यक्ष प्रचण्डको हातमा परिसकेको छ।
माओवादी केन्द्रले तीन आधार टेकेर उम्मेदवारको प्रारम्भिक सूची बनाएको छ।
पहिलो, २०७४ को चुनावमा जितेका सबैलाई यसपटक पनि अवसर दिने।
दोस्रो, केही क्षेत्रमा नयाँ र युवालाई अवसर दिने।
र तेस्रो, निर्वाचन क्षेत्र साटफेर भएका ठाउँमा समानुपातिक मत बढाउने योजनासहित सामाजिक प्रतिष्ठा, पूर्व प्रशासक वा चर्चित व्यक्तिलाई उम्मेदवार बनाउने।
यी हुन् माओवादीले पाएको निर्वाचन क्षेत्र :
झापा २, ५,
भोजपुर,
ताप्लेजुङ,
मोरङ ४, ५,
सोलुखुम्बु,
उदयपुर २,
सिरहा ३,
धनुषा १,
महोत्तरी १,
सर्लाही ३,
सिन्धुली १,
नुवाकोट १,
काठमाडौं २,
काठमाडौं ९,
काभ्रे १,
सिन्धुपाल्चोक १,
चितवन ३,
गोरखा २,
लमजुङ
कास्की १ वा ३,
बागलुङ २,
कपिलबस्तु १,
रुकुम पूर्व,
रोल्पा,
दाङ २,
बाँके १,
बर्दिया २,
नवलपरासी पश्चिम १,
जुम्ला,
कालीकोट,
जाजरकोट,
हुम्ला,
रुकुम पश्चिम,
अछाम १,
कैलाली २ र ३ ,
बैतडी,
कञ्चनपुर १
बारा ४, अछाम १, सल्यान नवलपरासी १, रुपन्देही १, धादिङ १ सर्लाही २ र खोटाङमा सहमतिको प्रयास जारी छ ।