काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजया दशमीमा टीका लगाउने सनातन धर्मावलम्बीहरुको लागि टीकाको साइत सार्वजनिक गरेको छ ।
समितिले नेपालसँगै भारत, जापान, अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेशिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्यानमार, स्वीट्जरल्याण्ड, जस्ता देशका लागि विजया दशमीको टीका लगाउने साइत सार्वजनिक गरेको हो ।
विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुको सहजताका लागि विजया दशमीको टीकाको साइतबारे स्थानीय समयसहित आफूहरुले जानकारी दिएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
समितिका अनुसार यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत नेपालमा आज बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ । घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई आज बिहान १०ः३४ बजे विसर्जन गरी ११ः५१ को साइतमा टीका लगाउन सकिनेछ । देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।
हेर्नुहोस् टीकाको साइत कुन देशमा कति बजे ?