काठमाडौं । नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा नाइरोबी फ्लाइ नामक विषालु कीराको आतंक फैलिएको छ ।
नाइरोबी फ्लाइ नामक कीराको एसिडका कारण नेपालमा पनि हाल धेरै मानिसहरू प्रभावित हुन थालेका छन् । यो कीरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपाल प्रवेश गरेको हो। अहिले यो विषालु कीराले धेरैलाई असर गरिरहेको छ। भारी वर्षा भए पछि पुनः घाम लाग्दा बेलुका घरभित्र बत्ती बलेको अवस्थामा झ्याल ढोकाबाट प्रवेश गर्ने र यसले छुँदा मात्रै पनि एसिडले छालामा डडुवा घाउ जस्तो वा जनै खटिरा जस्तो घाउ बन्ने हुनाले सतर्क रहन जानकारहरुले सचेत गराएका छन् । शरीरमा खटिरा जस्तो घाउ यस्तो भएमा तुरुन्तै नजिकैको अस्पताल जान पनि विज्ञहरुको सुझाव छ ।
नैरोबी फ्लाई नेपालको कैलालीको विभिन्न ठाउँका साथै बर्दिया र पूर्वी नेपालको झापा लगायतका जिल्लाका विभिन्न स्थानमा देखिन थालेका छन् ।
नैरोबी फ्लाई पूर्वी अफ्रिकाको मूल निवासी पेडेरस जीनसमा रोभ बीटलका दुई प्रजातिहरूको साझा नाम हो। बीटलहरूमा पेडेरिन भनिने एक संक्षारक पदार्थ हुन्छ, जसले छालाको सम्पर्कमा आएमा रासायनिक जलाउन सक्छ। यी जलेको कारण, नैरोबी फ्लाईलाई कहिलेकाहीँ “ड्रागन बग“ भनिन्छ ।
नैरोबी फ्लाइबाट बच्न के गर्ने ?
– मच्छरदानी (झुल) भित्र मात्रै सुत्ने ।
– यदि तपाईंले आफ्नो छालामा किरा घस्रिरहेको देख्नुभयो भने, यसलाई हातले नछुनुहोला । यसलाई तपाईको छालाबाट हटाउनको लागि कागजको टुक्रा प्रयोग गर्न सक्नुहुन्छ ।
– यदि तपाईले सो किरालाई छोइहालेमा हातले आँखा नछुनुहोस । आफ्नो हात र प्रभावित क्षेत्र तुरुन्तै पानी र साबुनले धुनुहोस् ।
– सुत्नु अघि ओछ्यान वरपर सफा गर्नुहोस् ।
– घर र वरपर अतिरिक्त झार जंगल नराख्नुहोस्।
यो किराको सम्पर्कमा आइहालेमा नडराउनुहोस् । यसको उपचार गर्न सकिन्छ । यदि किराको सम्पर्कमा आएमा नजिकैको स्वस्थ केन्द्रमा गई उपचार गराउन सकिनेछ ।