हरिवन । लायन्स इन्टरनेशनल डिष्ट्रीक ३ सय २५ ई अन्तर्गतका क्लवहरुले आज सर्लाहीको हरिवनमा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न गरेका छन ।
लायन्स क्लव सर्लाहीका अध्यक्ष चूडामणि वाग्लेका अनुसार खाद्य सामाग्री प्रदान, ह्वील चियर वितरण, आखा नदेख्नेको लागि सहयोगी छडि र अपांगका लागि कम्मल वितरण सम्पन्न गरिएको हो ।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रीक सेक्रेटरी लायन भुवन पोखरेल, एरिया कोअर्डिनेटर सुर्य वहादुर तमाङ, लायन्स क्लव नववुद्ध काठमाडौंका अध्यक्ष दिपक कुमार तमाङ, हरिवनकी उपप्रमुख हरिमाया घलान, लायन फुर्वा शेर्पा, दयावज्र लामा, विश्व लामा, राजु वोगटी, अनिल हमाल, भक्त वाईवा लयायतको उपस्थितीमा सामाग्री हस्तान्तरण कार्यक्रम भएको लायन्स क्लव सर्लाहीले जनाएको छ ।
आज सर्लाहीको हरिवनमा रहेको मानवसेवा आश्रम र लालवन्दीको जुटपानीमा रहेको पदम भुवनेश्वरी वृद्ध सेवा आश्रममा ६५ हजार वरावरको दाल, चामल, चिनी लगायतका सामाग्री वितरण गरिएको अध्यक्ष वाग्लेले जानकारी दिए ।
यस्तै १० जना आखा नदेख्ने स्थानीयहरुलाई सेतो छडी र अपांग सहित विभिन्न क्षेत्रका ४० जनालाई न्यानो कम्मल प्रदान गरिएको छ
यस्तै दुर्घटना भएर थला परेकी हरिवन नगरपालिका वार्ड नम्वर ११ की भक्त कुमारी कार्की र हरिवन वार्ड नम्वर ६ की ललिमाया खपांगी मगरलाई हवील चियर वितरण गरिएको छ ।
आफ्नो क्लबबाट उत्कृष्ण काम गरेको भन्दै लायन्स क्लव सर्लाहीका अध्यक्ष चूडामणि वाग्लेलाई प्रमाण पत्र र मायाको चिनु दिएर पुरस्कृत गरिएको थियो ।
यस्तै, लायन्स क्लव सर्लाहीको संयोजनमा आज हरिवनमा युवा विद्यार्थीहरुको भेलाले २५ सदस्यीय लियो क्लव सर्लाही गठन गरेको
छ ।
स्थानीय युवा रोहन भट्टराई अध्यक्ष रहेका लियो क्लवमा उपाध्याक्ष द्वय जितेन्द्र महतो एवं रन्जन यादव, सचिव करिना ठाकुर र कोषाध्याक्ष चन्दा कुमारी महतो रहेका छन् ।
कार्यक्रममा लायन्स इन्टरनेशनल ३ सय २५ ई का डिष्ट्रीक सेक्रेटरी भुवन पोखरेल, एरिया कोअर्डिनेटर सुर्य वहादुर तमाङ, लायन्स क्लव नववुद्धका अध्यक्ष दिपक कुमार तमाङ, लायन्स सर्लाहीका अध्यक्ष चूडामणि वाग्लेले लियो क्लवको वारेमा प्रकाश पारेका थिए
कार्यक्रममा प्राध्यापक लक्ष्मण श्रेष्ठ, विद्यार्थी नेता हिमाल घिमिरे र सन्दिप थापाले पनि मन्तव्य राखेका थिए ।