काठमाडौं । राहदानी विभागले परिचयपत्र बनेको तीन दिनसम्म राहदानीका लागि आवेदन नभर्न आग्रह गरेको छ ।
अधिकांश सेवाग्राहीहरु परिचयपत्रका लागि फोटो खिचेपछि तत्काल राहदानीका लागि आवेदन भरेर आउँदा समस्या भएको भन्दै विभागले यस्तो आग्रह गरेको हो ।
विभागका प्रवक्ता शरदराज आरनले सेवाग्राहीलाई प्रक्रिया बारेमा प्रर्याप्त ज्ञान नहुँदा समस्या भएको बताउनुभएको छ । ुधेरै सेवाग्राहीहरु प्रक्रिया ने नपुर्याइकन आउनुहुन्छ । त्यसपछि लाइन बसेर अन्तिममा दुःख पाउनुहुन्छु, उहाँले भन्नुभयो ।
परिचयपत्र बनेको तीन दिनसम्म राहदानीका लागि आवेदन नभर्न उहाँको आग्रह छ । ‘अधिकांश सेवाग्राहीहरु परिचयपत्रका लागि फोटो खिचेपछि तत्काल राहदानीका लागि आवेदन भरेर आउनुहुन्छ,’आरनले भन्नुभयो तर बनेको कोड नम्बर म्यासेजमा नआएसम्म राहदानी बनाउँदा ुएसेप्टु गर्दैन त्यसकारण उहाँहरुको काम तत्काल बन्दैन, अनि हामीसँग गुनासो गर्नुहुन्छ ।’
कतिपय सेवाग्राहीहरु आफ्नो समयभन्दा अघि नै आएर लाइन बस्ने कारणले पनि भीड भएको उहाँ बताउनुहुन्छ । जिल्लाबाट पनि राहदानी बनाउने गरिए पनि धेरैले राहदानीका लागि जिल्ला छाडेर काठमाडौं नै आउने गरेको उहाँको भनाइ छ ।
‘जिल्लाबाट पनि राहदानी बन्छ । तर, धेरैलाई काठमाडौं गएपछि राहदानी पनि छिटो बन्छ । घुमघाम पनि हुन्छ, आफन्त पनि भेट्न पाइन्छ भन्ने मानसिकता हुन्छ, त्यसकारण विभागमा बढी भीड भएको छ,’ उहाँले भन्नुभयो । ‘धेरैलाई जिल्लाबाट आवेदन गर्दा ३० देखि ४५ दिन लाग्छ भन्ने बुझाइ छ’, विभागका प्रवक्ता आरन भन्नुहुन्छ, ‘त्यो पूर्ण रूपमा गलत हो । काठमाडौंबाट नजिकका जिल्लामा ढिलोमा १० दिन र टाढाका जिल्लामा १५ दिनमा पाइन्छ ।’
अहिले विभागले दिनमा २४ सयका दरले फारम भर्ने व्यवस्था मिलाएको उहाँको भनाइ छ । तर पहिलेका म्याद सकिएका राहदानी नवीकरण गर्न आउने भएका कारण भीड देखिएको उहाँको भनाइ छ । उहाँका अनुसार प्रत्येक हप्ता जिल्लाबाट आएका पासपोर्टका आवेदनका आधारमा छपाई गर्ने र हुलाकमार्फत पठाउने व्यवस्था मिलाइएको छ । इमर्जेन्सी परेकाहरुलाई र एक हप्तामा पासपोर्ट चाहिएकाहरु मात्र काठमाडौं आउनु उपयुक्त हुने आरनले बताउनुभयो । छिटो हुन्छ भनेर आउनेको भीड काठमाडौंमा बढेकोले समस्या भएको उहाँको भनाइ छ ।
उहाँले अहिले राहदानी विभागले दैनिक नौ हजारसम्म पासपोर्ट छपाई गर्नसक्ने बताउनुहुन्छ । विभागका अनुसार अहिलेसम्म ५५ जिल्ला प्रशासन कार्यालय र ८ वटा इलाका प्रशासन कार्यालयबाट ई–पासपोर्टको आवेदन दिने व्यवस्था भइसकेको छ । उहाँले काठमाडौंमा आएर आवेदन गर्नेले पनि अहिले ३ दिन भित्र पासपोर्ट पाउने अवस्था नरहेको बताउनुभयो ।