काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरमा काँग्रेसको उम्मेदवार उठाउने भएको छ ।
काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरमा कांग्रेसबाटै उम्मेदवार उठाउनुपर्ने बताउनुभएको हो । ०७४ मा कांग्रेसले नेकपा माओवादी केन्द्रकी नेता रेनु दाहाललाई समर्थन गरेको थियो।
वैशाख ३० मा हुने स्थानीय चुनावका लागि छ महानगर र ११ उपमहानगरमा उम्मेदवार छान्न शनिवार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री शर्माले यसपटक भरतपुर महानगरको मेयर अरू पार्टीलाई छाड्न नहुने बताउनुभएको हो ।
माओवादीले फेरि पनि कांग्रेसले सघाओस् भन्ने चाहेको बताउदै उहाँले
योपटक भरतपुरमा कांग्रेसबाट मेयर हुनुपर्ने उहाँको भनाइ थियो । यसपटक काँग्रेसलाई माओवादीले सघाउनुपर्ने महामन्त्री शर्माले बताउनुभयो ।
उहाँले स्थानीय तहमा गठबन्धनभन्दा पनि तालमेलको निर्णय पार्टीले गरेको प्रष्ट पार्नुभयो ।
स्थानीय आवश्यकताको आधारमा चुनावी तालमेल गर्न सकिने कांग्रेस केन्द्रीय समितिले निर्णय गरेको थियो।
भ्गचय
महामन्त्री शर्माले भरतपुरमा माओवादीले मेयर छाड्न नसक्ने हो भने मित्रवत प्रतिस्पर्धा गर्न सकिने बताए।
शर्माले देशैभर गठबन्धन गर्न नसकिने पनि बताएका थिए।
चितवन कांग्रेसले यसपालि भरतपुरको मेयर अरू पार्टीलाई छोड्न नसक्ने अडान राखिरहेका छन्।