बेलायतकी डन नर्थे अहिले ४२ वर्षकी भइन्। उनका एक छोरा र एक छोरी छन्।
नर्थेका छोराले दुई वर्ष अगाडी एकदिन आफ्नो साथीको घरमा जाने स्वीकृति मागे। छोरालाई साथीको घरसम्म पुर्याउन उनी आफै पुगीन्। त्यतिबेला तखारी अल्ड्रिज (छोराको साथी) घर बाहिर उभिएर उनीहरुलाई पर्खीरहेका थिए। त्यतिबेला नै उनलाई तखारीआकर्षक लागेका थिए।
नर्थे त्यतिबेला ४० वर्षकी थिइन् र तखारी १८ वर्षका थिए। त्यसैले उनले त्यस्तो कुरा सोंचेकोमा आफैलाई गाली गरिन्। अर्कोतिर, श्रीमानसंग उनको सम्बन्ध विच्छेदको कुरा चलिरहेको थियो। त्यसको केही महिनामा सम्बन्ध विच्छेद पनि भयो। त्यसपछि उनी छोरा र छोरी लिएर अलग्गै बस्न थालीन्।
छोरा उसको साथी तखारीलाई भेट्न गइरहन्थ्यो। त्यसपछि एक पटक तखारी नै दश दिनको लागि उनीहरुको घरमा बस्न आए। त्यतिबेला तखारी का कुरा सुन्दा उनलाई तखारी सोंचको हिसाबले परिपक्क लागे।
त्यो दश दिनको बसाईपछि तखारीलाई पुर्याउन उनी आफै गइन्। जब घरनिर पुग्न थाले तखारी ले उनलाई ‘किस’ गरेर आफ्नो मनको भाव व्यक्त गरे।
त्यसपछि उनीहरु निरन्तर कुराकानी र भेटघाट गर्न थाले। तर तखारीकी आमाले उनीहरुको सम्बन्धलाई स्विकारीनन्। नर्थेका छोराछोरीले भने सहजै स्वीकारे।
उनीहरु सम्बन्धमा रहेको अहिले दुई वर्ष पुगेको छ। र, तखारीकी आमाले पनि उनीहरुको सम्बन्धलाई स्वीकार गरिसकेकी छिन्।
नर्थेका अनुसार, आफन्त लगायत बाटोमा हात समाउदै गरेको देख्नेहरुले समेत उनीहरुको कुरा काट्छन्। तर उनीहरु एक-अर्काको प्रेममा यति भुलेका छन् कि, उनीहरुलाई ती कुराको प्रवाह नै छैन।