दोलखा।
तिब्बतसँग सीमा जोडिएको दोलखाको लप्चीका बासिन्दालाई भालु, चितुवा लगायतका जङ्गली जनावरले दुःख दिन थालेपछि गौरीशङ्कर संरक्षण क्षेत्रले विभिन्न ठाउँमा क्यामेरा जडान गरी जङ्गली जनावरको प्रवेश नाका खोजिरहेको छ ।
चिसोबाट बच्न र चौरी चरणको लागि हिउँदे मौसममा बसाई सर्न बाध्य लप्चीका बासिन्दालाई चितुवा र भालुबाट खाद्यान्न तथा घरपालुवा पशु जोगाउन मुस्किल भएको गुनासो आएपछि मंसिरको अन्तिम साताबाट तिब्बतको सिमाना तथा लप्ची आसपास १५ वटा क्यामेरा जडान गरी जङ्गली जनावरको प्रवेश नाका खोजिगर्न थालिएको गौरीशङ्कर संरक्षण क्षेत्रका सूचना अधिकारी एवं संरक्षण अधिकृत तुलसीप्रसाद दहालले बताए । ती क्यामेराहरु तीन महिनासम्म राखिने उनको भनाई छ ।
चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको विगु गाँउपालिका वडा नम्बर– १ लप्चीका वासिन्दा मंसिरको पहिलो साताबाट चिसोमा जोगिन र चौरीको लागि चरणक्षेत्रको खोजिगर्दै वडा नम्बर– १ कै लुम्नाङ झर्ने गर्छन् । लप्ची गाँउमा केही कुरुवा राखेर सबै जना चौरी खेद्दै लुम्नाङ झर्ने भएपछि भालुले घरमा भएको खाद्यान्नमा नोक्सानी पु¥याउने, घर भत्काउने जस्ता गतिविधि गर्ने स्थानीय कर्मा शेर्पाले बताए । भालुले कुरुवा र बुढा– बुढीमात्र भएको लप्चीको घरमा पसेर उनीहरुलाई समेत नोक्सान पु¥याउने चिन्ता थपिएको शर्पाको गुनासो छ ।
लप्चीमा भालु, चितुवा जस्ता जङ्गली जनावरले नोक्सानी पु¥याउने गुनासो संरक्षण क्षेत्रमा आएपछि अहिले तिब्बतसँग सीमा जोडिएको ५६ र ५८ नम्बरको पिलर आसपास, लप्ची गाँउ प्रवेश गर्ने नाकाहरु र गाउँको बीचमा गरी १५ वटा क्यामेरा जडान गरिएको संरक्षण अधिकृत दहालको भनाई छ । ती क्यामेराहरुमा कैद हुने फोटोको आधारमा लप्चीमा कुनकुन नाकाबाट जङ्गली जनावर प्रवेश गर्छन, लुम्नाङ लगायतको ठाउँमा मुख्य बासस्थान रहेको भालु किन लप्चीतिर गै रहेको छ, सडक, हाईड्रोपावर लगायतका विकासे गतिविधिले जङ्गली जनावरलाई कस्तो प्रभाव पारेको छ, जङ्गली जनावरहरु लप्ची– रोल्वालीङ आवत जावत गर्छन कि गर्दैनन् जस्ता विषय अध्यन गरिने संरक्षण अधिकारी दहालले बताए । त्यसको अध्यनपछि लप्चीवासिले भोगेको समस्या समाधानको केही उपाए निस्कन सक्ने दहालले बताए।
विगुको वडा नम्बर– १ लप्चीमा ४६ घरधुरी र झण्डै एक सय ५० जनसंख्या रहेको छ । उनीहरु मध्य गाँउमा बसेर चौरी पालन गर्ने झण्डै १४ घरधुरीका वासिन्दा मंसिर देखी चैत्र महिनासम्म वडा नम्बर– १ मै पर्ने लुम्नाङमा बसाई सर्ने गर्छन् ।
घर तथा खाद्यान्न क्षतिबारे संरक्षण क्षेत्रमा केही निवेदन आएको र त्यसमा संरक्षण क्षेत्रले उचित क्षेत्रीपूर्ती दिने पनि संरक्षण अधिकृत दहालले बताए । सरकारले जङ्गली जनावरले मानिसलाई सामान्य घाईते बनाए २० हजार रुपैयासम्म उपचार खर्च, मध्यम खालको घाईतेलाई दुई लाखसम्म र त्यो भन्दा बढी खर्चलाग्ने घाईतेलाई जुनसुकै सरकारी अस्पतालमा उपचार गराएपनि लाग्ने सम्पूर्ण खर्च दिने व्यवस्था गरेको संरक्षण क्षेत्रले जनाएको छ ।
जङ्गली जनावरको आक्रमणबाट मानिसको मृत्यु भएमा उसको परिवारलाई १० लाख रुपैया क्षेत्रपूर्ती र आस्रित परिवारलाई थप पाँच लाख रुपैया दिने व्यवस्था सरकारले गरेको छ । त्यसैगरी गाई, भैसी, चौरी जस्ता घरपालुवा जनावरलाई क्षेति पु¥याए ६० हजार र साना चौपायालाई क्षेति पु¥याए १० हजार रुपैया क्षतिपूर्ती दिने व्यवस्था सरकारले गरेको संरक्षण क्षेत्रले जनाएको छ ।