बैंकले दशेंको लागि नयाँ नोट सोमबारदेखि दिन थालेका छन् । नेपाल राष्ट्र बैंकले दशैँ–तिहार लक्षित नयाँ नोट सटही सोमबारदेखि शुरु गरेको हो ।
नयाँ नोट सटही सुविधा आउने शुक्रबारसम्म हुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेशमान शाक्यले जानकारी दिनुभएको छ । उहाँले नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म मात्रै पाउने बताउनु भयो । उहाँले काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्रिय वाणिज्य बैंक र वाणिज्य बैंकले तोकको शाखाबाट नयाँ नोट सटही गर्न सकिने बताउनु भयो । उहाँले काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने बताउनु भयो । उहाँले सर्वसाधरणहरुलाई राष्ट्र बैंकले दिएका नयाँ नोट सुरक्षित रुपमा प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले नयाँ नोटमा टिका लाग्ने मैलो,कालो लाग्ने च्यात्ने काम गर्न आह्वान गर्नुभयो ।
उहाँले नोटलाई सुरक्षित साथ प्रयोग गरियो भने नोटको आयु लामो हुने बताउनु भयो । उहाँले सर्वसाधरणहरुले नोटलाई सुरक्षित रुपमा प्रयोग गरे राज्यले छिटो छिटो नोट छाप्नुपर्ने बाध्यता कम हुने बताउनु भयो । उहाँले नोट सुरक्षित रुपमा प्रयोग गर्दा राज्यको करोडौं रुपैयाँ वचत हुने बताउनु भयो । उहाँले हसर्वसाधरणले सकेसम्म क्युआर कोड लगायत विद्युतीय कारोबार प्रणाली प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले आगामी दिनमा डिजिटल करेन्सी जस्तै अन्य उपायहरुमार्फत नोटको चलनचल्ती कम गर्न राष्ट्र बैंकको तयारी रहेको बताउनु भयो ।
नयाँ नोट सटही सुविधा शुरु गरेसँगै मानिसहरु लाइनमा बसेर नयाँ नोट सटही गर्न राष्ट्र बैंकमा पुगेर नयाँ नोट सटही गरेका छन् । नयाँ नोट सटही गर्न पुगेका खिलराज अधिकारीले राष्ट्र बैंकले लाइनमा सहज रुपमा नयाँ नोट सटही सुविधा रहेको बताउनु भयो । उहाँले धेरै लाइन समेत बस्न नपर्ने भएकाले सहज रुपमा प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ पाउने भएकाले आफूले १८ हजार ५०० लिएको बताउनु भयो ।
सलाम सिंह तामाङले पनि विगतको भन्दा नयाँ नोट सटही ज्येष्ठ नागरिकको लागी छुट्टै रुपमा व्यवस्थित गरेकाले सहज भएको बताउनु भयो । उहाँले नयाँ प्रविधि अनुसार पैसा बोकेर नपाए पनि क्युआरमार्फत पनि पैसा साट्न सक्ने व्यवस्थाले अझ सहज बनाएको बताउनु भयो । नयाँ नोट सटही गर्न पुगेको अर्को सर्वसाधरण ढकबहादुर बुढाथोकीले नयाँ नोटको गाउँघरमा महत्व हुने भएकाले सटही गरेर लैजान राष्ट्र बैंक आएको बताउनु भयो ।
विगतका वर्षमा भन्दा यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकको सिमित शाखाबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ । केही बैंकले नोट सटही गर्ने शाखाको सूचि समेत निकालेका छन् । सटही गर्दा ५ एक प्याकेट, १० को, २० को, ५० को र सय रुपैयाँ दरको एक प्याकेट उपलब्ध गराउने राष्ट्र बैठकले जनाएको छ ।