काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत फोहोर फाल्नेलाई कारबाही प्रक्रिया जारी राखेको छ ।
गरी ४ लाख रुपैयाँ जरिवाना संकलन गरेको छ।
राति फोहोर फाल्नेलाई कारबाही गरी महानगरपालिकाले ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको जनाएको छ।
सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा घरको फोहोर बोकेर फाल्न आउने व्यक्ति, व्यवसायी तथा संस्थाका प्रतिनिधिलाई जरिवाना तिराएको हो।
वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा १ लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए।
फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजार रुपैयाँदेखि बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना रकम तोक्ने गरिएको उहाँले बताउनुभयो ।
कतिले फोहोर फाल्न हातैमा बोकेर आउने गरेको त कतिले सवारी साधनको प्रयोग गरेरै आउने गरेको उहाँले बताउनुभयो ।
घरमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर राख्ने र तोकिएका व्यक्ति तथा सवारी आएपछि मात्र बाहिर निकाल्न महानगरको अनुरोध छ।
यसरी गरिएको अनुरोधलाई नटेर्नेमाथि कारबाही गर्ने गरिएको अनुगमन टोलीले बताएको छ।