काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा गर्ने चुनाव लक्षित भेला शुक्रवारदेखि पोखराबाट सुरु हुने भएको छ ।
गठबन्धनले ’संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम आजबाट गठबन्धनले भेला गर्न लागेको हो ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार आज पोखरामा भेला हुनेछ । ११ बजे शुरु हुने भेलालाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताले सम्बोधन गर्नुुहनेछ । आजै बुटवलमा २ बजे गठबन्धनको भेला हुने जनाइएको छ ।
भेलाका लागि गठबन्धनको कार्यतालिका
१ कात्तिक ४ गते – पोखरा, ११ बजे
२ कात्तिक ४ गते – बुटवल, २ बजे
३ कात्तिक ५ गते – विराटनगर, ११ बजे
४ कात्तिक ५ गते – जनकपुर, २ बजे
५ कात्तिक ६ गते – धनगढी व्यवस्थापन, ११ बजे
६ कात्तिक ६ गते – सुर्खेत, २ बजे
७। कात्तिक ७ गते – काठमाडौं, ११ बजे