काठमाडौं । निर्वाचन आयोगले बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ ।
‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ ।
आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो ।
यसैबीच सत्तारूढ नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता अव्यावहारिक भएको जनाएको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूले अरूको प्रचारमा जान नपाउने प्रावधान अव्यावहारिक नभएको बताएको हो ।
प्रधानमन्त्री देशको कार्यकारी प्रमुख मात्र नभई पार्टी सभापति पनि भएकोले आफ्नो पार्टीका पक्षमा जनमत बनाउन हिँड्न नपाउने भन्ने कुरा व्यावहारिक नभएको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रीहरू पनि पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेकाले जनमत जुटाउन जान पाउनुपर्ने काँग्रेसको जिकिर छ ।
प्रधानमन्त्रीहित दलका नेताहरूले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउँदै आइतबार आयोग पुगेर हस्ताक्षर गरिसकेका छन् । हस्ताक्षर गरेको दुई दिनपछि कांग्रेसले आचारसंहिता अव्यावहारिक नभएको नभएको धारणा सार्वजनिक गरेको हो ।