काठमाडौं । चीनका राष्ट्रपति शी जिनपिंगलाई सैन्य प्रमुखबाट अपदस्थ गरि घरमै नजरबन्दमा राखिएको खबरले भारतीय सञ्चारमाध्यमहरुमा शनिवार राम्रै कभरेज पाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा शी जिनपिंग ह्यासट्यागमा हजारौंजनाले रिट्वीट समेत गरेका छन् । भारतका पूर्व सांसद सुब्रमण्यम स्वामीले पनि ट्वीट गरेका छन् । यद्यपि यस विषयमा चीनको कम्युनिस्ट पार्टी र सरकारी मीडिया ग्लोबल टाइम्सले कुनै धारणा वा खण्डन सार्वजनिक गरेको छैन । यसलाई अर्थपूर्ण रुपमा हेरिएको दैनिक भास्कर दैनिकको अनलाइन संस्करणमा यो समाचार प्रकाशित भएको छ ।
पूर्व सांसद सुब्रमण्यम स्वामीको ट्वीटलाई उध्रित गर्दै भास्कर दैनिकले लेखेको छ– चीनको विषयमा अहिले एउटा नयाँ अफवाह फैलिएको छ, जसको पुष्टि गर्न आवश्यक छ । के शी जिनपिंग साँच्चिकै नजरबन्दमा छन् ? हालै मात्र समरकन्दको भ्रमणमा गएका शी जिनपिंगलाई चिनियाँ कम्युनिस्ट पार्टीले सेनाको अध्यक्ष पदबाट हटाउनुका साथै उनलाई घरमै नजरबन्दमा राखिएको अपवाह फैलिएको छ ।
चीनका केही प्रयोगकर्ताहरुले पनि सामाजिक सञ्जालमा चीनमा नयाँ राजनीतिक उथलपुथल भएको आशंका गरेका छन् । उनीहरुले चीनको पीपल्स लिबरेशन आर्मी (पीएलए) ले शी जिनपिंगलाई राष्ट्रपति पदबाट अपदस्थ गरि सत्ता आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् । उनीहरुका अनुसार अब ली कियाओमिंग चीनको नयाँ राष्ट्रपति चुनिएका छन् ।
चीनका पब्लिक सिक्योरिटी डिपार्टमेन्टका पूर्व सहायक मन्त्री सन लिजुनलाई मृत्यु दण्डको सँजाय सुनाइएको छ । लिजुनमाथि आफ्नो पदको दुरुपयोग गरि फाइदा उठाइएको आरोप लगाइएको छ । उनले आफ्नो कार्यकालमा ६४६ मिलियन युनान भ्रष्टाचार गरेको आरोप लागेको छ ।
शिन्हुआ न्यूजको एक रिपोर्ट अनुसार सनलाई अनुशासन र कानून उल्लंघन गरेको गम्भीर आरोप लागेको छ । यही कारण उनलाई कम्युनिस्ट पार्टीबाट पदमुक्त गरिएको थियो । यही घटनालाई लिएर राष्ट्रपति शी जिनपिंगलाई अपदस्थ गरि नजरबन्दमा राखिएको हल्ला फैलिएको अनुमान गरिएको छ ।