काठमाडौँ । वैदेशिक रोजगारीबाट दैनिक औसत पौने तीन अर्ब रुपियाँ रेमिट्यान्ससँगै पाँचवटा नेपालीको शव आउने गरेका छन् ।
गत आर्थिक वर्ष २०७८ ७९ मा वैदेशिक रोजगारीबाट १० खर्ब सात अर्ब ३१ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । यस्तै एक हजार ४७९ जनाले रोजगारीकै क्रममा विदेशी भूमिमा ज्यान गुमाएका छन् ।
विदेशी मुद्रा आर्जनमा महत्त्वपूर्ण स्रोत रहेको वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स आव २०७८र७९ मा आठ अर्ब ३३ करोड अमेरिकी डलर हो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो रेमिट्यान्स आर्जन नेपाली मुद्रामा ९.८ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले वृद्धि हो ।
यो तथ्याङ्क हेर्दा वैदेशिक रोजगारीबाट प्राप्त भइरहेको रेमिट्यान्सका लागि निकै ठूलो सामाजिक मूल्य चुकाउनु परिरहेको छ ।
रोजगारीका सिलसिलामा विदेशमा मृत्यु भएका नेपालीको यो सङ्ख्या वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता लिनेको सङ्ख्या हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या ठूलो रहेको छ ।
पर्याप्त तालिम र सीप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठूलो सङ्ख्यामा नेपाली श्रमिकको मृत्यु हुने गरेको छ । बोर्डको तथ्याङ्कअनुसार दैनिक औसतमा पाँचवटा शव अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् ।
बोर्डका अनुसार आव २०६५र६६ साउनदेखि २०७८र७९ सम्म १० हजार ९३२ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा मलेसियामा सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् ।
बोर्डले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार मलेसियामा श्रम स्वीकृति लिएर गएकामा शून्य दशमलव ८३ प्रतिशतको मृत्यु भएको छ ।
साउदी अरबमा गएकामा शून्य दशमलव ३९ प्रतिशतको मृत्यु भएको छ भने कतारमा शून्य दशमलव २४ प्रतिशत र संयुक्त अरब इमिरेटस् ९यूएई०मा शून्य दशमलव २१ प्रतिशतको मृत्यु भएको छ ।
वैदेशिक रोजगारीका क्रममा अधिकांशको मृत्युको कारण कार्यस्थलको दुर्घटना र सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा मृत्युवरण गर्ने गरेका छन् । मृत्यु हुनेमध्ये अधिकांश सडक दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्याको ठूलो सङ्ख्या छ ।