काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई सबै दलले विवेक लगाएर निर्णय लिनुपर्ने बताउनुभएको छ ।
खनालले नागरिकता विधेयक राष्ट्रिय हित अनुकुल भए नभएको हेरेर मात्रै अगाडि बढाउने अवस्था आएको बताउनुभएको छ ।
खनालको भनाइ छ, नागरिकता विधेयकलाई जसरी अगाडि बढाइएको थियो, त्यो सही थिएन। नेपालको जनसांख्यिक अतिक्रमणको खतरालाई ख्याल नगरी ल्याइएको विधेयककै कारण झन् समस्या ल्याउँथ्यो । निर्वाचनको मुखैमा अघि बढाइएको नागरिकता कानुनका कतिपय प्रावधानले जटिलता पैदा गराउँथ्यो, अब दूरदर्शी भएर हेर्ने बेला आएको छ।ु
सम्मानित नेता खनालले राष्ट्रपतिले विधेयक फिर्ता गर्ने अधिकार भए(नभएको विषय पहिलोपटक परीक्षणमा रहेको पनि बताउनुभएको छ ।
सत्ता गठबन्धनको एक घटकका नेता खनालले थपे, ुअब राष्ट्रपतिको काम, कारवाही र दायरा निर्क्योल गर्ने बेला पनि आएको छ।ु
नागरिकता विधेयकलाई लिएर आवश्यक विचार र विमर्शबिना कुनै कदम चाल्नु गलत हुने उहाँको भनाइ छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले १५ दिन शीतल निवासमा रोकेर राखेको नागरिकता विधेयक आइतबारमा संसदमै फिर्ता गरिदिनुभएको छ ।