टोकियो । जापानी प्रधानमन्त्री फुमियो किशिदाले बुधबार आफ्नो मन्त्रिपरिषद हेरफेर गर्नुभएको छ ।
किशिदाले अधिकांश परिचित अनुहारहरुलाई क्याबिनेटको सदस्य बनाएका छन् ।
पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्याबाट चर्चामा आएको धार्मिक समूहसँगको शंकास्पद सम्बन्धलाई हटाउने प्रयासमा प्रधानमन्त्री किशिदा रहेको जापान टुडेले जनाएको छ ।
नयाँ मन्त्रिपरिषद्मा दुई जना मात्रै महिला छन् भने अधिकांश पुरुष ६० वर्षभन्दा माथिका छन् ।
६५ वर्षीय किशिदाले कोभिड–१९ र मुद्रास्फीतिदेखि लिएर युक्रेनमा रसियाको युद्धसम्मका “युद्धोत्तर युगको सबैभन्दा ठूलो चुनौति“ का रुपमा लिइएको आफ्नो सम्बोधन मार्फत प्रष्ट पारेका छन् । उनले दीर्घकालीन, स्थिर प्रशासनको लागि मार्ग प्रशस्त गर्ने प्रतिवद्दता समेत व्यक्त गरेका छन् । ताइवानका कारण जापान समेत तनावमा परेको उनले बताए ।
यसैबीच रक्षा मन्त्री यासुकाजु हमादाले द्रुत रूपमा परिवर्तन भइरहेको जापानको सुरक्षा वातावरणमा बढ्दो खर्च मार्फत आफ्नो सेनाको क्षमतालाई सुदृढ गर्न खोजेको जनाएका छन् ।
हमादाले आबेका कान्छो भाइ नोबुओ किशीलाई प्रतिस्थापन गरेका हुन् ।
पूर्व आर्थिक पुनरुत्थान मन्त्री यासुतोशी निशिमुराले एलडीए नीति प्रमुखको जिम्मेवारी पाएका छन् । यस्तै कोइची हागिउडाबाट उद्योग मन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।
किशिदाको दाहिने हात मानिने मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनो, विदेशमन्त्री योशिमासा हयाशी र अर्थमन्त्री शुनिची सुजुकीको जिम्मेवारी भने यथावत रहेका छन्। छेतो छाइतो पनि भूमि मन्त्रीमा यथावत छन् ।
नौ मन्त्रीले पहिलो पटक मन्त्रिपरिषद्को पदभार ग्रहण गरेका छन् ।