काठमाडौ । पछिल्लो पटक डायस्पोराबाट पनि नेपाली साहित्य, गीत र संगीतमा उल्लेख्य योगदान रहदै आएको छ ।
यसरी डायस्पोरामा रहेर पनि नेपाली साहित्य र पत्रकारितामा निरन्तरता दिदै आएका नेपालीमध्येका एक हुन्–निरु त्रिपाठी । लामो समयदेखि अष्ट्रेलियाको मेल्वर्नमा बस्दै आएकी उनले निरन्तर लेख्दै आएकी छिन् । उनको वैचारिक लेख र साहित्यिक रचनाहरु सेतोपाटी अनलाइनलगायतका मूलधारका सञ्चारमाध्यमहरुमा पढ्न पाइन्छ । उनले दुई वर्ष अघि पेरिस्कानो नामक उपन्यास कृति समेत प्रकाशित गरिसकेकी छिन् ।
गीतकारका रुपमा पनि निरू त्रिपाठीले आफ्नो निरन्तर उपस्थिति जनाउदै आएकी छिन् । उनको शब्दमा 'कोरेर मीठा भावहरु', 'किताबको पानामा' बोलका गीतहरु सार्वजनिक भइसकेका छन् । जसको म्यूजिक भिडियोमा निरु आफैंले अभिनय समेत गरेकी छिन् । वहुप्रतिभाकी धनी निरुले आफ्नो शब्द रचनामा 'साथी मेरो जीवनसाथी' बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् ।
गीतमा मिलन नेवार र प्रताप दासको आवाजमा रहेको छ भने सङ्गीत प्रमोद पन्तको छ ।
निरुको अफिसियल युट्युव च्यानल निरू त्रिपाठी मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका हुन्। भिडियोमा निरु र विकास लामिछानेको अनस्क्रिन रोमान्स हेर्न पाइन्छ । जसमा श्रीमान श्रीमती बीचमा हुने प्रेम र समर्पणको भाव देखाइएको छ । गीत र भिडियोको भावलाई निरु र विकासले जीवन्त बनाउन सक्दो मिहिनेत गरेका छन् । निरुको साउथ एसियन क्लासिक ब्यूटी लुक्स निकै सुहाएको छ ।
मेरो शान,मान,पहिचान ईश्वरको बरदान हौ तिमी
हर कदम छौ मसँगै, यो मनको भगवान हौ तिमी ।
मेरो आँट,सहास, भरोसा पलको सहारा हौ तिमी
मेरो हाँसी,खुशी,सारा म जीउने आधार हौ तिमी ।
प्रेमिल भावको निरुको शब्दमा रहेको गीत 'सिग्नेचर' नेपाली प्रेम गीत बन्ने निश्चित छ ।