काठमाडौं । खुलाल कार्की एकता समाजले वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित तथा प्रमुख प्रत्यासी उम्मेदवारहरुलाई सम्मानित गरेको छ ।
चाबहिल चुच्चेपाटी,काठमाडौंमा शनिवार आयोजित कार्यक्रमकाबीच समाजले काठमाडौं महानगरपालिकासहित देशका विभिन्न स्थानीय तहबाट निर्वाचित खुलाल कार्की बन्धुहरुलाई सम्मानित गरेको हो । यस्तै प्रमुख र अध्यक्षका प्रत्यासी उम्मेदवारहरुलाई पनि समाजले सम्मानित गरेको छ ।
स्थानीय तहको निर्वाचनमा विजयी भई सम्मानित हुनुहुनेमा काठमाडौं महानगरपालिका वडा नं ३० का वडाध्यक्ष दलबहादुर कार्की, सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष भोजराज कार्की, धनुषा बट्टेश्वर गाउँपालिका वडा नं ४ का वडाध्यक्ष निरज कार्की, शिवसताक्षी नगरपालिका वडा नं ६ का वडाध्यक्ष मनोज खुलाल कार्की, इलाम माइनगरपालिका वडा नं ३ का वडा सदस्य लोकबहादुर कार्की, सुनसरी धरान उपमहानगरपालिका वडा नं ९ का वडा सदस्य विन्दू कार्की, सुनसरी रामधुनी नगरपालिका वडा नं ८ का दानबहादुर कार्की, सुनसरी बराहक्षोत्र नगरपालिका वडा नं ३ का वडा सदस्य थिरबहादुर कार्की, ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा नं ११ कि वडा सदस्य अप्सरा कार्की रहनुभएको छ ।
त्यसैगरी स्थानीय तहको निर्वाचनमा प्रत्यासी रहनुभएका भोजपुर हतुवागढी गाउँपालिका अध्यक्ष गजेन्द्र कार्की, मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष रामकृष्ण कार्की र सोलुदूधकुण्ड नगरपालिका वडा नं ११ का वडाध्यक्ष हर्कबहादुर कार्कीलाई पनि समाजले सम्मनित गरेको थियो ।
समाजका अध्यक्ष प्रेमबहादुर कार्कीको सभापतित्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शम्भुराम कार्कीले खुलाल कार्कीको उत्पत्ति र वंश परम्पराका बारेमा प्रकाश पार्दै खुलाला कार्की वंशावली तयार गर्न लागिपरिरहेको जानकारी दिनुभयो ।
काठमाडौं महानगरपालिका वडा नं ३० का वडाध्यक्ष दलबहादुर कार्कीले समय र परिस्थितिले परिवारका सदस्यहरु नै तितरवितर भइरहेको अहिलेको अवस्थामा एकता समाजको अझ बढी महत्व रहेको बताउनुभयो ।
समाजका अध्यक्ष प्रेमबहादुर कार्कीले समाजको गतिविधिबारे प्रकाश पार्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।
हरेक वर्ष खुलाल कार्की एकता समाजले आयोजना गर्दै आएको रक्तदान कार्यक्रममा यसपटक ६० पिन्ट रगत सञ्चालन भएको थियो ।