काठमाडौं । यामाहाको बहुप्रतिक्षित बाइक एफजेडएक्स १५० बिहीबारदेखि बिक्री सुरु गरिएको छ ।
सो बाइकलाई यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले नेपालमा भित्र्याएको हो ।
कम्पनीका अनुसार एफजेडएक्स १५० यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक हो, जसमा एलसिडी मिटर र ब्लुटुथ कनेक्टिभिटीजस्ता स्मार्ट सुविधाहरू र क्लासिक डिजाइनका साथ निर्माण गरिएको छ ।
यो अल न्यू एफजेडएक्स १५० बाइक फ्युल–इन्जेक्टेड (एफआई) र भारत स्ट्यान्डर्ड (६, एयरकुल्ड, १५) सीसी ब्लु कोर इन्जिन र ५ स्पिड गियर बक्सका साथ तयार पारिएको छ । यसले ७२५० आरपीएममा १२।४ पीएस अधिकतम पावर तथा ५५०० आरपीएममा १३।३ एनएम टर्क जेनेरेट गर्छ ।
यामाहाका अन्य मोटरसाइकलहरूभन्दा अलि फरक प्रयोजनका निम्ति तयार पारिएको यस मोटरसाइकलको हरेक ‘डिटेल’ चालकलाई विशेष ध्यानमा राखी तयार पारिएको कम्पनीको दाबी छ ।
उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टु–लेभल सिट’, बलियो ‘ब्लक प्याट्रन टायर’, ‘फ्रन्ट फोर्क बुट’ का साथ स्थिर टेलिस्कोपिक सस्पेन्सन र ब्लुटुथ कनेक्टिभिटीजस्ता विशेषताले यो बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाएको यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताउनुभयो । साथै, डीआरएलका साथ बाइ फङ्सनल एलईडी हेडलाइट र ओभल सेपको एलईडी रिङ टेललाइटले बाइकको भिजुअललाई थप आकर्षक बनाएको उनको भनाइ छ ।
आइतबारबाट नेपालभरका यामाहाका शोरुममा उपलब्ध हुने जनाइएको यो बाइकको मूल्य ४ लाख २६ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।