काठमाडौं । स्थानीय तह निर्वाचनको हालसम्म ७ सय २६ वटा पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।
जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी जित हासिल गरेको छ । यसैगरी नेकपा एमाले दोस्रोमा छ । नेकपा माओवादी केन्द्र तेस्रोमा छ ।
कांग्रेसले ३ सय २० वटा पालिकाको प्रमुख पद जितेको छ भने २ सय ९३ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ । एमालेले १ सय ९७ वटा पालिकाको प्रमुख जितेको छ भने २ सय २५ वटा पालिकाको उप–प्रमुख पदमा जितको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र १ सय २० वटा पालिकाको प्रमुखमा विजयी भएको छ भने १ सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ ।
५ महानगरपालिकासहित २५ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। २ वटा पालिकाको मतगणना अझै सुरू भएको छैन।
अब आउन बाँकी रहेको पालिकामा प्रदेश १ बाट उदयपुरका दुई वटा पालिका, मधेश प्रदेशबाट रौतहटका ६, सिराहा, धनुषा, बारा र पर्साबाट १/१ पालिकाको अन्तिम नतिजा आउन बाँकी छ।
यस्तै बागमती प्रदेशबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिका बाँकी छन्।
यस्तै गण्डकीबाट पोखरा महानगरपालिका बाँकी हुँदा लुम्बिनीबाट रूपन्देहीका ३ पालिका तिलोत्तमा, लुम्बिनी सांस्कृतिक र कोटहीमाई गाउँपालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ।
यस्तै कपिलबस्तुबाट महाराजगन्ज नगरपालिका र दाङबाट तुलसीपुर उपमहानगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ।
यस्तै सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढी गंगा, अछामको साफेबगर नगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ।
कसको अग्रता कति?
नेकपा एमाले-७
नेपाली कांग्रेस-५
जसपा- ३
एकीकृत समाजवादी-२
माओवादी केन्द्र- २
लोसपा- २
स्वतन्त्र-२
गणना हुन बाँकी -२