काठमाडौं । उच्च अध्ययनको निम्ति अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्य बनिररहेको छ । तर खर्च अभावमा नेपाली युवतीहरु त्यहाँ देह व्यापारमा लागेको खबर केही वर्षअघि बाहिर आएको थियो । पहिले लुकिछिपी त्यस्ता कार्य हुनेगरेकोमा अहिले भने त्यहाँको विभिन्न शहरका ब्रोथेल तथा कल गर्लहरूको विज्ञापन गरिने वेबसाइटमा नेपाली छात्राहरूको फोटोसहित विज्ञापन हुन थालेको छ । यसले गर्दा अभिभावकमा चिन्ता छाएको छ ।
अहिले नेपाली युवतीहरू कल गर्लको रूपमा सिड्नी, मेलबर्न र पर्थमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् । अहिले अष्ट्रेलियामा ५० हजार बढी नेपाली विद्यार्थी रहेको अनौपचारिक तथ्यांकमा उल्लेख छ ।
वेबसाइटमै नेपाली कलगर्लको विज्ञापन र विवरण
केही समयदेखि सेक्स वेबसाइटमा नेपाली युवतीको विज्ञापन नै गर्न थालिएको छ । त्यस्ता वेबसाइटका विद्युतीय विज्ञापनमा नेपाली युवती, उनको रूप, फिगर र प्राप्त हुने उपयुक्त समयको डिटेलसमेत राखिएको पाइन्छ । नाइट लाइफमा रमाउने र क्यासिनोको लतमा फसेका युवतीहरू पछि यौन व्यवसायमा सजिलैसँग लागेको समेत पाइन्छ ।
स्थानीय लोकान्टो डट कम डट एयुमा नेपाली युवतीको फोटो राखेर भनिएको छ,‘सिड्नीमा २५ वर्षकी नेपाली युवती छिन् । इच्छुक पुरुषले दिइएको ह्वाट्सएप नम्बरमा सम्पर्क गर्नुहोला । तर नगदमा मात्र कारोबार हुनेछ । २४ घण्टा उपलब्ध हुने ती युवतीको निम्ति आधा घण्टाको लागि डेढ सय अष्ट्रेलियन डलर लाग्नेछ । एक घण्टाको लागि दुई सय ५० र दुई घण्टाको लागि चार सय डलर । राति साढे १० बजेपछि बुकिङ रद्द हुने छैन ।’
त्यसैगरी युवतीलाई आफूले चाहेको स्थानमा लैजान चाहेमा घण्टाको तीन सय ५० डलर लाग्ने उल्लेख छ । त्यस्तो अवस्थामा पहिले आधा रकम डिपोजिट गर्नुपर्ने र स्थानको दूरीअनुसार शुल्क घटबढ हुने जानकारी दिइएको छ । त्यस्तो अवस्थामा घण्टाको चार सय ८० डलरसम्म लाग्न सक्ने विज्ञापनमा भनिएको छ ।
त्यस्तै खालका युवतीको विज्ञापन गर्ने फरएभर १९ डट कम डट एयुमा पनि २२ वर्षकी नेपाली युवती उपलब्ध रहेको फोटोसहित विवरण प्रकाशित छ । डी कप आकारको स्तन भएकी युवतीको उचाई १ सय ५९ सेन्टिमिटर रहेको उल्लेख छ । युवतीको सेवा नजिकबाट लिन चाहनेलाई विज्ञापनमा भनिएको छ, ‘भर्खरकी र फूर्तिली भएकीले थोरै समय बिताउँदा उनको सेवाबाट मोहित होइन्छ ।’