काठमाडौं । उम्मेदवारी दर्ताको पहिलो दिन काठमाडौं महानगरपालिकाको मेयरमा १६ जना र उपमेयरमा १७ जनाको उम्मेदवारी परेको छ ।
यस्तै विभिन्न वडाको वडाध्यक्षमा २३ जना र वडा सदस्यमा ८ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगका अनुसार सोमबार बिहान ११ बजेदेखि पुनः उम्मेदवारी दर्ता सुरु हुनेछ । सोमवार साँझ ५ बजेभित्र उम्मेदवारी दर्ता सक्ने आयोगको कार्यतालिका छ । गठबन्धनका प्रमुख दलहरुसहित प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने सोमवार मात्र उम्मेदवारी मनोनयन दर्ता गर्ने भएका छन् ।
आइतवार मेयरमा उम्मेदवारी मनोनयन दर्ता गर्नेको नामावली यस प्रकार छन् :
१ आनन्दराज जोशी, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल
२ रविकान्त मानन्धर, स्वतन्त्र
३ राजन कार्की, स्वतन्त्र
४ र्यापर बालेन शाह, स्वतन्त्र
५ समीक्षा बाँस्कोटा, विवेकशील साझा पार्टी
६ सुरेशरत्न बज्राचार्य, आधुनिक नेपाल समाजवादी पार्टी
७ रामबहादुर खड्का, नेपाल समावेशी पार्टी
८ सीता तामाङ, मंगोल नेशनल अर्गनाइजेशन पार्टी
९ मनोजराज आचार्य, मौलिक जरोकिलो पार्टी
१० ज्ञानु लामा तामाङ, स्वतन्त्र
११ सुमन सायमी, उपत्यका सडक बिस्तार पीडित संघर्ष समिति
१२ अमोट महर्जन, स्वतन्त्र
१३ विपिनराज वैद्य, स्वतन्त्र
१४ सूर्य थापा श्रेष्ठ, स्वतन्त्र
१५ डिल्लीराम राजभण्डारी, स्वतन्त्र
१६ जेठा महर्जन, स्वतन्त्र